आचारसंहिता पालना गर्न मुहान सफा हुनुपर्ने सहभागिको जोड

अनिल खत्री
३० कात्तिक, गुल्मी । गुल्मीको एक कार्यक्रममा सहभागिले पत्रकारको लागि आचारसंहित लागु गर्नको लागि मुहानबाटै सफा गर्दै आउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार गुल्मीको सरदमुकाम तम्घासमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा सहभागिले पत्रकारितामा देखिएका बिकृति र बिसंगतिलाई अत्य गर्न मुहानबाटै सफा गर्न जोड दिएका हुन् ।
कार्यक्रममा सहभागित नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, युवा परिषद गुल्मीका अध्यक्ष राजेन्द्रबिक्रम कुँवर, गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका पूर्व अध्यक्ष कृष्ण भण्डारी,रेसुङ्गा बहुमुखि क्याम्पस गुल्मीका पूर्व क्याम्पस प्रमुह एबं साहित्यकार शशि पन्थी, दिन पन्थी, रुरु एफएमका स्टेशन म्यानेजर युगराज बस्याल लगायतले पत्रकारितामा केन्द्रमा रहेका ठूला मिडियाहरुबाटै आचारसंहितामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
केन्द्रमा रहेका ठूला मिडियाहरु जस्ले समाचार सम्प्रेणमा देश भरि नै प्रभाव पार्ने हुँदा मुहान सफा गरे धारामा सफा पानी बग्ने बताएका थिए । उनिहरुले पत्रकारितामा सबै मिडिया सबै पत्रकारहरु नभएर केहि मिडिया र पत्रकारहरुले आचारसंहिता उलंघन गर्दा सिङ्गो मिडिया क्षेत्र र पत्रकारिता क्षेत्र नै बदनियत भएको बताएका थिए ।
स्थानिय जिल्लाहरुमा कम मात्रामा आचारसंहिता उलंघन भएता पनि ठूलो समस्याका रुपमा नरहेको कार्यक्रमका सहभागिले बताएका थिए । पत्रकारितामा सबै नकरात्मक मात्रै नभएर केहि पत्रकार र मिडियाले समाजमा ठूलो परिर्वतनको भूमिका पनि खेलेकाले यसलाई आचारसंहिता लागुमा कढाइ गरेर मर्यादित क्षेत्र बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा केहि हल सम्म पत्रकारहरुलाई सच्चीने र आचारसंहिता पनि मान्नु पर्छ भन्ने सजकता थप्ने बताए । पत्रकारिता निकै सम्बेदानशिल र मर्यादित क्षेत्र रहेकाले यसलाई लेख्ने पत्रकार र प्रकाशन गर्ने मिडियाले आचारसंहितालाई ध्यान दिए अहिले देखएका समस्याहरु समाधान हुने प्रजिअ पौडेलले बताए ।
अहिले समाचारहरुबाटै ठूला नेता देखि तल्लो कृषकहरुले समाचार हेरेर पढेर धारण तय गर्ने तथा जान्ने दरिलो माध्यम बनेकाले यसलाई अझबढि बिश्वसनियता बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु चेतनाथ धमला, संगिता खड्काले आचारसंहिता पालनमा केहि समस्या देखिएकाले पत्रकार आचारसंहिता जागरण अभियान ल्याइएको बताए ।
उनिहरुले पत्रकारितालाई मर्यादित र बिश्वसनियता बनाउनको लागि आचारसंहिता अनिबार्य रुपमा पालन हुनुपर्नेमा जोड दिए । अहिले पनि केहि मिडिया पत्रकारहरुबाट आचारसंहिता उलंघन भएका उजूरीहरु आइरहेकाले त्यसको अत्यको लागि पनि जिल्ला जिल्लामा पत्रकार आचारसंहिता जागरण अभियान राखिएको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसलालले पत्रकार आचारसंहिता जागरण अभियानले आचारसंहिता पालनमा थप खबदारी गर्ने बताए । उनले नयाँ मुलुकि सहिता लागुभएपछि पत्रकारहरुको लागि थप प्रर्शिक्षणको आबश्यता रहेकाले त्यसको व्यबस्थाको लागि आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यलय तथा बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ