gulminews logo
बिहीबार, २०८१ बैशाख २०

आगोले ध्वस्त दजाकोटका २० महिनामा जम्मा १८ घर बने, ४० घर अझै बनेनन्

हुमाकान्त पोखरेल
१९ पुस, गुल्मी । २०७३ वैशाख १८ गते गुल्मीको बडागाउँमा लागेको आगलागीमा परि क्षति भएका घरहरुको निर्माण कार्य भइरहेको छ । आगलागि भएको २० महिनामा १८ घरको निर्माण कार्य सम्पन्न भइसकेको छ । आगलागिमा परेका ५८ घरहरुमध्ये १७ घर निर्माणधिन छन् भने २३ घर बन्न बाँकि छन् ।

आगलागिमा परि गाउँका सबै ५८ घर र बङ्गालो तथा पशुपंक्षि जलेर नष्ट भएका थिए । त्यसरी नष्ट भएका घरहरुलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरि घर निर्माण कार्य अगाडी बढाइएको छ । जसमध्ये अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखि काम गरिएको स्थानिय युवा बिमल छन्तेलले जानकारी दिए । ‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप तिन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाउने छन्तेलले बताए ।
dajakot house
सबै पिडितहरुले भुक्तान भने तिन पटक गरी लिनुपर्नेछ । पहिलो पटक डिपिसि गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल, ढोका राखेर लिङ्टेल गरेपछि ३० प्रतिशत र सबै काम सकेपछि ३० प्रतिशत गरी सबै भुक्तान पाउने बडागाउँ अग्निपिडित राहात संकलन तथा वितरण समितिका कोषाध्यक्ष हरी छन्तेलले जानकारी दिए । जिल्ला प्राविधिक कार्यलयले बनाएको भूकम्प प्रतिरोधि घरको नक्साको आधारमा अग्नीपिडितले घर बनाइरहेका छन् । प्रत्येक कामको नक्सा इन्जिनियरद्धारा पास भइसकेपछि साना किसान कृषि सहकारी सँस्थामा रहेको पिडितको खातामा रकम जम्मा हुने बताइएको छ । बाँकि रहेका २३ घरले भने यहि फागुन मसान्तभित्र डिपिसी गरेमा मात्र पहिलो किस्ताको रकम पाउने समितिले जनाएको छ । यसरी पिडितलाई प्रदान गरिने रकम भने विदेशमा बस्ने नेपालीहरु, विभिन्न संघ सस्थाँ, आमा समहूहद्धारा संकलन गरिएको राहात समितिले जनाएको छ ।

सरकारी सहयोग
आगलागि भएलगत्तै जिल्ला प्रशासनले ५ हजार, जिल्ला विकास समितिले चर्पी निर्माणको लागि ५ हजार र पशु सेवा कार्यलयले गोठ निर्मणको लागि १० हजार रुपैँया उपलब्ध गराइएको छ ।

नगरपालिकाबाट ३० लाख विनियोजन
मुसिकोट नगरपालिकाभित्र पर्ने वडा नम्बर ४ बडागाउँको पुननिर्माणका लागि यो आर्थिक बर्षमा नगरपालिकाले ३० लाख विनियोजन गरको छ । प्रत्येक पिडितले एक÷एक लाखका दरले प्राप्त गर्ने भएपनि यो बर्ष घर पुरै बनाएका ३० परिवारले मात्र रकम पाउने नगरप्रमुख सोमानाथ सापकोटाले बताए । साथै बाँकि रहेका अन्य घरपरिवारले आगामी बर्षमा रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D