तिलाचन पाण्डे
चैत ३ , गुल्मी । गुल्मीमा आइतबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं १ मा रहेको सुन्तली परियारको कच्ची घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खड्काका अनुसार आईतबार बिहान भैसीलाई कुँडो पकाउनका लागि आगो सल्काएर अन्य घरयासी काम गर्न लाग्दा आगो अनियन्त्रीत भएर घर जलेको जानकारी दिनुभयो ।
खड्काका अनुसार घर जलेर पुर्ण रुपमा नष्ट भएको बताए । आगलागी बाट करिब ४ लाख ५० हजार रुपैयाँ जति क्षती भएको बताउनुभयो ।
आगलागीमा कुनै मानबीय क्षती भने नभएको जिल्ला प्रह्री कार्यलय गुल्मीले जनाएको छ ।







