gulminews logo
शुक्रबार, २०८० चैत्र १६

आईसोलेशनको लागि आफ्नो घर उपलब्ध गराउने वडा अध्यक्षलाई गाउँपालिकाको सम्मान

मनोज कार्की
गुल्मी, भाद्र २५ । गुल्मीको छत्रकोट गाउँपालिका सामाजिक बिकास समिति संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेलाई गाउँपालिकाले प्रशंसा पत्र सहित सम्मान गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ अर्थात कोरोना भाइरसले देशलाई नै आक्रन्त गराईरहेको बेला गाउँपालिकालाई आइसोलेशनको लागि तीन महिना निःशुल्क निर्माणधिन घरको भवन उपलब्ध गराएकोमा गाउँपालिकाले वडा अध्यक्ष न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गरेको छत्रकोट गाउँपालिकाले जनाएको छ ।

कोभिड –१९ ब्याबस्थापनको लागि गाउँपालिकालाई पुर्याएको सहयोग प्रति प्रशंसा गर्दै गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले वडा अध्यक्ष न्यौपानेलाई धन्यबाद दिए । यस्तो महामारीको समयमा उनले गरेको सहयोगका लागि गाउँपालिकाले वडा अध्यक्ष न्यौपानको सम्मान तथा कदर गरेको अध्यक्ष पन्तले बताए ।

वडा अध्यक्ष न्यौपानेले कोरोना भाइरसको ब्याबस्थापन तथा आइसोलेशन बेडका लागि वडा नं ४ श्रीङ्गामा निर्माणाधिन घरको भवन तीन महिनाको लागि गाउँपालिकालाई उपलब्ध गराएका थिए । आइसोलेशनको लागि न्यौपानेले आफ्नो घर जेठ १ देखि श्रावण मसान्त सम्म गाउँपालिका लाई दिएका हुन् ।

न्यौपानेले नि:शुल्क उपलब्ध गराएको भवनमा कोरोना पुष्टि भएका १० जना पुरुष बसेका थिए । अहिले १० जना नै कारोनालाई जितेर घर फर्किएका छन् ।

आफुले गाउँपालिकालाई तीन महिना निर्माणधिन घर उपलब्ध गराई नागरिकलाई सेवा प्रदान गर्ने पाएकोमा वडा अध्यक्ष डिलाराम न्यौपानेले खुसि ब्यक्त गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D