gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

आइसोलेशन केन्द्र खाली, कोरोना संक्रमितको घरमै मृत्यु

सन्तोष महतारा
गुल्मी, २५ बैशाख । जिल्लाको सत्यवती गाउँपालिका ६ की ५९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण आफ्नै घरमा मृत्यु भयो । सत्यवती गाउँपालिका ७ की ६९ वर्षीया महिलाको पनि आइसोलेशन केन्द्रमा नपुग्दै मृत्यु भयो । कोरोना संक्रमित उनलाई गम्भीर अवस्था भएपछि मात्र आइसोलेशन केन्द्रमा लैजाने तयारी गरिएका कारण बैशाख २१ गते केन्द्रमा नपुग्दै उनको मृत्यु भएको हो । छत्रकोट गाउँपालिका ३ का ७६ वर्षीया पुरुषको बैशाख २५ गते आफ्नै घरमा मृत्यु भयो । बैशाख २१ गते कोरोना संक्रमण पुष्टी भएपनि उनलाई घरबाट आइसोलेशन केन्द्रमा नलगेका कारण बैशाख २४ गते एम्बुलेन्स घरमा पुग्ने र उनको मृत्यु हुने सँगसँगै भयो ।

तर, गुल्मीमा आइसोलेशन केन्द्रको अभाव भने छैन । जिल्लाका स्थानीय तहहरुले अक्सिजनको सुविधा सहित आइसोलेशन केन्द्र स्थापना गरेका छन् । अधिकांश स्थानीय तहका आइसोलेशन केन्द्रहरु खाली रहेका छन् । जिल्लाको सत्यवती गाउँपालिकामा ११ बेडको आइसोलेशन केन्द्र छ । बिरामी आइसोलेशन बेड नपाएर मृत्यु हुदाँ समेत अक्सिजन सहित निर्माण गरिएको केन्द्र खाली अवस्थामा छ । जिल्लाको छत्रकोट गाउँपालिकामा पनि १४ बेडको आइसोलेशसन केन्द्र स्थापना गरिएको छ । अक्सिजन सहितको आइसोलेशन ब्यवस्थापना भएपनि बिरामीको घरमा मृत्यु भएको छ । अन्य स्थानीय तहहरुमा पनि अक्सिजन सहित आइसोलेशन केन्द्र स्थापना गरिए पनि खाली छन् । गम्भीर लक्षण देखिएका बिरामी घरमा बस्नु र आइसोलेशन केन्द्र खाली हुनुले संक्रमितको मृत्युदर बढेको देखिएको छ ।

छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीले बिरामीको अवस्था सुधार भएको भनेपछि संक्रमितलाई घरमा राखिएको छत्रकोट गाउँपालिकाका प्रमुख मधुकृष्ण पन्तले बताए । “हामीसँग गाउँपालिकाका विभिन्न ठाउँमा १४ बेडको आइसोलेशन छ ।” गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले भने, “बेड नपाएर मृत्यु हुने अवस्था छैन, स्वास्थ्यकर्मीले बिरामीको अवस्था सुधार भएको भनेपछि घरमा राखिएको हो ।” सत्यवती गाउँपालिकामा बिरामीलाई गम्भीर लक्षण नदेखिएका कारण पहिल्यै आइसोलेशन केन्द्र नलगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D