अस्पताल निर्माणका लागि चन्द्रकोट गाउँपालिकाद्वारा ९ रोपनी जग्गा नि:शुल्क माग, संघिय सरकारको डेढ करोड बजेट

गुल्मी, कार्तिक २८ । गुल्मी जिल्ला स्थित चन्द्रकोट गाउँपालिकाले अस्पताल निर्माणको लागि नि:शुल्क जग्गा माग गरेको छ । गाउँपालिका भित्र १५ शैयाको अस्पताल बनाउन जग्गा माग गरिएको हो ।

संघीय सरकारबाट चालु आर्थिक बर्ष २०७७७/७८ मा १५ बेडको अस्पताल निर्माणको लागि १ करोड ४४ लाख रुपैया उपलब्ध गराउने कार्यक्रम रहेको पनि गाउँपालिकाले जारी गरेको सुचनामा जनाईएको छ । बिहीवार चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको निर्णयानुसार अस्पताल निर्माणको लागि दाताहरुबाट नि:शुल्क जग्गा उपलब्ध गराउन सुचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

दाताहरुले पश्चिममा चन्द्रकोट गाउँपालिकाको वडा नं. ३ को किउँखोला, चन्द्रकोट गाउँपालिका वडा नं. ४ को शान्तिपुर बजार क्षेत्र वारीपारी वा वडा नं. ६ को टारी र क्वाङ्गदी गरा सम्मको चौकिल्ला भित्र एकमुष्ठ ९ रोपनी जग्गा उपलब्ध गराउनु पर्ने सुचनामा जनाईएको छ ।

माथि उल्लेखित चौकील्लाभित्रको ९ रोपनी जग्गा निःशुल्क रुपमा जग्गा दाताहरुबाट १५ दिनभित्र उपलब्ध गराउन निवदेन माग गर्ने निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको हो ।

जग्गा उपलब्ध गराउन ईच्छुक जग्गाधनीहरुले निवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D