अस्ट्रेलियन दुतावासको सहयोगमा ५ जिल्लाका पत्रकारलाई गुल्मीमा तालिम

बुटवल, फागुन २८ । अष्ट्रेलियन दुतावासको सहयोगमा राष्ट्रिय सञ्चार केन्द्र काठमाण्डौले प्रदेश पाँचका विभिन्न जिल्लाका पत्रकारहरुलाई गुल्मीमा दुई दिने बिकास र सुशासन सम्वन्धि पत्रकारिता तालिम दिएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा केन्द्रले गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र पाल्पा सहित ५ जिल्लाका पत्रकारहरुलाई उक्त बिषयगत पत्रकारिता तालिम दिएको हो । उक्त तालिममा प्राध्यापक रामकृष्ण रेग्मी, सञ्चार विज्ञ श्रीरामसिंह बस्नेत र बरिष्ठ पत्रकार बिष्णुप्रसाद शर्मा पराजुलीले तालिम दिएका हुन ।

कार्यक्रमको सोमवार रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषालले उद्घाटन गरेका थिए भने मंगलवार नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा पाँच वटै जिल्लाका क्रियाशिल २० जना पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रमामा बोल्दै मेयर भुषालले पत्रकारले राम्रा कुरा भन्दा पनि नकरात्मक कुराहरु बढि प्रचार गर्ने भएकाले नागरिकमा निराशा छाएका कारण राम्रा तथा नराम्रा कुरालाइ उत्तिकै महत्व दिएर प्रचार गर्न आग्रह गर्नुभयो । त्यस्तै अन्तिम दिन आज प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र वितरण तथा एक औपचारिक कार्यक्रमका साथ समापन गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ