असार १ गतेबाट गुल्मी अदालतका सवै सेवा सुरु

टोपलाल अर्याल
गुल्मी, ३२ जेठ, गुल्मी जिल्ला अदालतले असार १ गतेबाट सम्पूर्ण सेवा प्रवाह गर्ने भएको छ । कोरोना संक्रमणको कारण सरकारले लकडाउन जारी गरेसंगै चैत ११ गतेबाट अदालतका काम कारबाही पुर्ण रुपमा संचालन भएका थिएनन् ।

सर्वोच्च अदालतको जेठ १९ गतेको निर्देशन र जिल्लामा लकडाउन खुकुलो भएकाले असार १ बाट सम्पूर्ण सेवा सूचारु गर्ने निर्णय भएको अदालतका श्रेष्तेदार भिमप्रसाद भुसालले जानकारी दिए । उनले कार्यालयमा आउँदा थर्मन गनबाट ज्वरो परिक्षण गर्ने, मास्क अभिवार्य प्रयोग गर्नुपर्ने, सावुन पानीले हात धुने, दुरी कायम गर्ने, सेनिटाइजरको व्यावस्था गर्ने र भिडभाड नगरी पालैपालो सेवा लिने व्यावस्था मिलाइएको भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D