gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अविभावकबिहिन तथा अतिविपन्न विद्यार्थीलाई प्रोत्साहन रकम

हुमाकान्त पोखरेल
गुल्मी, ३० असार । धुर्कोट गाउँपालिकाका अभिभावकविहिन तथा अतिविपन्न विद्यार्थीहरुलाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ । गाउँपालिकाका विभिन्न वडाका पाचँ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी आठ हजारका दरले कुल ४० हजार प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

कपिलवस्तुको वाणगंगास्थित सिद्धार्थ सामाजिक विकास केन्द्रले उक्त रकम प्रदान गरेको गाउँपालिकाका लेखा अधिकृत प्रकाश गौतमले जानकारी दिए । अतिविपन्न तथा अभिभावकबिहिन विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग पु¥याउने उदेश्यका साथ उक्त रकम वितरण गरिएको गौतमले बताए । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कोरोना संक्रमणबाट मृत्यु भएका मधु नेपालीका छोरा पाञ्चायन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत मदन नेपालीले प्रोत्साहन रकम पाएका छन् । त्यस्तै वडा नम्बर ३ हाडहाडेस्थित निन्युखर्क माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अभिभावक विहिन छात्रा हुमा पुन, वडा नम्बर २ पिपलधारास्थित गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अभिभावकविहिन छात्रा सुनिता महतले प्रोत्साहन रकम पाएका छन् ।

त्यस्तै अतिविपन्नअन्तरगत वडा नम्बर ७ वाग्लास्थित भगवती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत कोपिला विक र वडा नम्बर ६ रजस्थलको इन्दिरा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत मेलिना थापाले प्रोत्साहन रकम पाएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु घिमिरेले जानकारी दिए । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास परियोजनाअन्तरगत गाउँपालिकाका अभिभावकविहिन विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने योजना पनि राखेको छ । परियोजनाबाट विनियोजित कुल तीन लाख रकमबाट ५० जना विद्यार्थीहरुको लागि पोशाक वितरण गर्ने योजना गाउँपालिकाको छ ।

बुबा र आमा नभएका विद्यार्थीहरुको लागि केहि दिनभित्रै दुई जोर ड्रेस, जुत्ता, झोला, स्वीटर र टोपी वितरण गर्ने योजना रहेको घिमिरेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D