पुर्ण बिश्वकर्मा
गुल्मी,बैशाख ०७ । गुल्मीको रेसुङ्गा नगरपालिकाले अलपत्र परेका मजदुरको उद्दार गरेको छ । गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गबाट बाके र बर्दियाका लागि पैदल हिडेर आएका चौबिस जना मजदुरको तम्घासबाट उद्दार गरेको हो । नगरपालिकाले उनीहरुलाई तम्घासमा एक/दुई दिन अस्थायी रुपमा भोजन तथा बासको ब्यबस्था गरि केहिलाइ बैशाख पाँच गते र बाकी रहेका लाई बैशाख छ गते प्युठानको सिमा अग्लुङ्गफेदी सम्म पुर्याएको नगरप्रमुख डिल्ली राज भुसालले जानकारी गराउनु भयो ।
त्यस्तै नेपाल र भारतको सिमानामा पर्ने सुनौली नाकामा चार दिनदेखी अलपत्र परेकी गुल्मी तम्घासकी एक गर्भवती महिलाको नगरपालिकाले उद्दार गरेको छ । ४ दिनदेखि नाकामा अलपत्र परेको जानकारी पाएपछि नगर प्रमुखको सक्रियतामा रु ८ हजार रुपैयाँमा एम्बुलेन्स पठाएर उक्त महिलाको उद्दार गरिएको हो ।
भारतको उजैन जिल्ला घर बताउने एक जना भारतीय नागरिकको गुल्मीको पराल्मीबाट उद्दार गरि मानव सेवा आश्रम बुट्वल पठाइएको छ । सुस्त मनस्थिति भएका उनलाइ पराल्मीबाट तम्घास ल्याइ केही समय क्वारेन्टाइनमा समेत राखेर बुट्वल पठाइएको नगरप्रमुख भुसालले बताउनु भएको छ ।
त्यसै गरि लकडाउन अबधिभर ५२ जनाको उद्दार तथा १०० भन्दा बढिलाइ भोजनको व्यबस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी गराउनु भयो । नगरपालिकाले कोरोना महामारीबाट आउन सक्ने सम्भाबित बिपत्तिबाट बच्न योजनाहरु पनि बनाइएको उहाले बताउनुभयो ।