gulminews logo
मंगलवार, २०८१ बैशाख २५

अर्याल परिवारको मुख बढि छ : वडध्यक्ष जिसी

प्रेम सुनार

गुल्मी, साउन–१९ । गुल्मीको सिमलटरीमाम एक परिवरले अर्को परिवार माथी गरेको भनिएको अचेक्लीका सम्वन्धमा समाचार प्रकाशित भए लगत्तै मलिक गाउँपालिका गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष टिकाबहदुर जिसीले अफ्नो थप प्रतिकृया दिएका छन ।

‘सो वडाको सिमलटारीका शिक्षक ढुण्डिराज अर्याल र उनको परिवार माथी स्थानिय दधिराम पौड्याल, डिल्लीराम पौड्याल लगायतले साउन १२ गते हातपात गरेको सम्वन्धमा हिजो जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप गराईएको छ’ – वडाध्यक्ष जिसीले भने – ‘शिक्षक अर्यालकी छोरी शारदा अर्यालले म आफु वडाध्यक्षलाई पौड्याल परिवारको मलजल गरेको, उनीहरुको पक्ष लिएको भन्ने आरोप सरासर झुट हो ।’

वडाध्यक्ष जिसीले अगाडी थपे – ‘त्यस दिन छलफलका लागि बोलाईएको बेला शिक्षक अर्याल र उहाँकी श्रीमतिले जो कोहीले सहनै नसक्ने गरि मुख छाड्नु भएको हो, उक्त गाली–गलौज सार्वजनिक रुपमा भन्न सकिने खालको छैन । अर्याल परिवारको मुख बढि छ भनेर मैले भनि रहनु पर्दैन, त्यस दिन सुन्ने तमाम छन, यहाँ आएर सबैसंग बुझे भई हाल्छ अघि पछि पनि उहाँहरुको बोल्ने शैली ।’

‘त्यस पछि उनीहरुलाई सम्झाउने प्रयास स्वरुप झाक्के झुक्के पार्ने काम भएको थियो । त्यस क्रममा दुबै पक्ष विच हात हालाहाल भएकै हो । मुख छाड्नेले छाडे पनि हात हाल्ने पक्षको गल्ती ठानेरै माफी मगाएर औषधी उपचार खर्च दिलाईएको छ, म सबैको जनप्रतिनिधी हुँ मैले कहाँनिर पौड्याल परिवारको पक्ष लिएँ ? मेरो गुनासो यसैमा छ’ – वडाध्यक्ष जिसीले भने ।

शिक्षक अर्यालकी छोरी शारदा अर्यालले भने आफ्नो बाबु आमालाई पौडयाल परिवारले गत १० बर्ष देखि मानसिक र शाररिक तनाव दिदै आएको आरोप लगाउँदै भनिन – ‘आफ्नो परिवार माथी अचेक्ली हुँदै आएको सत्य हो, त्यस विरुद्ध न्यायको ढोका ढकढकाउन परेपनि तयार छौं ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D