अर्बेनीको दमाई टोलको नाम अब बसपार्क, दलित बस्तीलाई हेरिने प्रवृत्तिको अन्त्य गर्ने दावी

रमेश वि.क.
गुल्मी, जेठ ७ । नेपाली काँग्रेस गुल्मीको ५० दिने महाअभियान अन्तर्गत वृहत्त भेला सोमबार कालिगण्डकी २ अर्वेनीमा भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले ५० दिने महाअभियानले दलित पिछाडिएका वर्गको उत्थानका लागि सहयोग पुग्ने बताए । उनले अब परम्परागत रुपमा दलित बस्तिलाई हेरिने हेपाहा प्रवृत्तिको अन्त्य गरिने बताएका छन् ।

भेलाले अर्वेनीमा रहेको दमाई टोललाई परिवर्तन गरि बसपार्क टोल नामकरण गरेको छ । कालिगण्डकी गापाका २ का वडा अध्यक्ष देवीप्रसाद न्यौपानेले परम्परागत हेपा प्रवत्तिले राखिएका टोलका नामहरु परिवर्तन गर्दै जाने बताए । नेविसंघका जिल्ला कार्यवाहक सभापति झविन्द्र पाण्डेले नेपाली काँग्रेसको महाअभियानले जिल्लाका दलित, पिपन्न बस्तिमा पुगेर उनीहरु सँग सहकार्य गरेको बताए ।

भेला नेपाली काँग्रेस अर्वेनीका सभापति रामप्रसाद न्यौपानेको सभातित्व, वडाका पूर्व पार्टी सभापति भागिरथ न्यौपानेको स्वागत र कार्यक्रमको सञ्चालन वडा पार्टी सचिव कृष्ण न्यौपानेले गरेका थिए । भेलामा १ सय ५० जनाको उपस्थित रहेको नेपाली काँग्रेस अर्वेनीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ