टोपलाल अर्याल
गुल्मी, २० चैत। कोरोना संक्रमणको कारण नेपाल सरकारले लक डाउन गरेपछि कैयन बिपन्न परिवारमा खाद्यान्न संकट देखिएको छ । सोहि अवस्थालाई मध्येनजर गरेर जिल्लाका स्थानीय तह र केहि व्यक्तिहरुले राहत वितरण गरिरहेका छन् । मालिका गाउँपालिकाले बिहिबार वडा नं ६ बाट राहत वितरण थालेको छ ।
मालिका गाउँपालिका ६ अर्जेमा ७२ जना अति विपन्न परिवारलाई मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले राहत वितरण गरे । प्रति परिवार ३० केजी चामल, तीन केजी दाल, एक केजी नुन र एक लिटर तेल वितरण गरिएको मालिमा गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । उनले गाउँपालिकाले राहत वितरण कार्यविधी निर्माण गरेर सवै वडाका अति बिपन्न परिवारलाई राहत वितरण थालेका जानकारी दिए । अन्य वडामा पनि लगत संकलनको काम भइरहेकाले केहि दिनमै राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।