gulminews logo
बिहीबार, २०८१ बैशाख ६

अर्घाखाँची बस दुर्घटनामा मृत्‍यु हुनेको संख्या १९ पुग्यो ( भिडियो सहित)

यो पनि पढ्नुस्: अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै परिचय खुल्याे, गुल्मीका २ जना (पुरा बिवरण सहित)

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बसको नरपानीमा दुर्घटना हुँदा जना १९ को मृत्युु भएको छ । हाल सम्म ११ पुरुष, १ बालक र ७ महिला गरी १९ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा निधन भएको छ । साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन्।

बुधबार दिउँसो दिउँसाे १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी – घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) कालाखोला / रातामाटामा दुर्घटना भएको हो।

यो पनि पढ्नुस्: गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन । बस सडकबाट करिब ५०० मिटर तल खसेको छ। सडक भासिएर बस सडकबाट तल खसेको थियो।

यो पनि पढ्नुस्: गुल्मीमा जिप दुर्घटनामा १ को मृत्यु ४ घाइते

गम्भिर घाइते १२ जनालाई उपचारकाे लागि बुटवल पठाईएकाे छ भने २ जना जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ । मृत्युु हुनेको सनाखत हुन बाँकी छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको अर्घाखाँची डट कमले खबर छापेको छ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D