अब ५ बर्ष छिटै वृद्धभत्ता पाईने, भुकम्प पीडितलाई ४ लाख रुपैँया

काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि ७० वर्ष उमेर पुगेकालाई मात्रै वृद्ध भत्ता दिइँदै आएकोमा सरकराले ६५ वर्ष उमेर पुग्ने बित्तिकै वृद्धभत्ता दिने निर्णय गरेको हो।

बुधबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता वितरणका लागि नयाँ उमेर निर्धारण गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

भूकम्पपीडितलाई थप एक लाख

त्यस्तै सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।

‘सरकारले भूकम्प पीडित र बाढी पीडितलार्इ अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने निर्णय गरेको छ । अनुदान पाउने समय सकिएको अवस्थामा बढाउने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D