gulminews logo
शनिबार, २०८१ बैशाख १५

अब ५५ करोडको अत्याधुनिक गुल्मी अस्पताल, गाउँ–गाउँमा स्वास्थ्यचौकी उद्धघाटन

टोपलाल अर्याल
गुल्मी, १९ कार्तिक । अब अत्याधुनिक गुल्मी अस्पताल निर्माण हुने भएको छ । अस्पतालले लामो समयदेखि भौतिक संरचनाको अभाव खेप्दै आएको थियो । अब त्यो समस्या हट्ने भएको छ । गुल्मी अस्पताल निर्माणको लागि राष्ट्रिय पुर्निमाण प्राधिकरणबाट ५५ करोड बढि बजेट बिनियोजन भएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण पराजुलीले बताए ।

अब बन्ने गुल्मी अस्पतालको जग्गा तथा अस्तालको निरिक्षण गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण ।

अब बन्ने अस्पताल साढे छ तल्लकाको हुने छ । अहिले न्युनतम मापदण्ड निर्धारण प्रतिवेदन पनि प्राप्त भएकाले कार्तिकभर सवै प्रक्रिया पुरा गरेर मंसिरमा टेण्डरको काम गरिने पराजुलीले बताए । गुल्मी अस्पताल ०७१ सालमा ५० शैयामा स्तरबृद्धि भएको हो । तर भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन् । अब सवै प्रकारको बिशेषज्ञसहितको सेवा प्रबाह गर्ने गरि अस्पताल निर्माण गरिने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । गुल्मी अस्पताल, रेसुङ्गा एयरपोर्ट, रेसुङ्गा क्षेत्र जिल्लाकै प्रतिष्ठाको बिषय भएकाले योजनाबद्ध विकास अपरिहार्य रहेको भुसालले बताए ।

पैसा बोकेर अन्यत्र जानुपर्दैन ः मन्त्री बिष्ट

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मंगलबार अस्पताल निर्माण स्थल र डिपिआर रिर्पोटको पुन ः अध्ययन गरेका छन् । उनले अब स्तरिय स्वास्थ्य सेवाको अभावमा पाल्पा र बुटवल पुग्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । मन्त्री बिष्टले स्रोत र साधन नभएका कारण गुणस्तरिय स्वास्थ्य सेवा नपाएका नागरिकको समस्या समाधानकै लागि निकै संघर्ष गरेर अस्पताल निर्माणको योजना समावेश गरिएको बताए । उनले बजेटको सहि कार्यान्वयन भए गुल्मेली जनता पैसा बोकेर उपचारको लागि अन्यत्र जानु नपर्ने बताए । ‘स्वास्थ्य क्षेत्रको विकासमा सरकार गम्भीर छ,’उनले भने,‘कोहि पनि उपचार नपाएर मर्नुपर्दैन ।’ जिल्ला भ्रमणका आएका बिष्टले अहिले गाउँमा धमाधम स्वास्थ्यचौकी भवन निर्माण र ‘एक स्थानीय तह एक १५ शैयाको अस्पताल’ निर्माणको योजना सरकारले अगाडी बढाएकाले जनताको घर दैलोमा स्वास्थ्य सेवा बिस्तार गरिने बताए ।

मेडिकल हव बनाउने

अस्पतालको गत बर्षनै डिपिआर निर्माणको काम भइसकेको थियो । अस्पतालमा दुई वटा अप्रेशन कक्ष हुनेछन् । भने आइसियु, सर्जिकल, मेडिकल, चिल्डे«न उपचार कक्षको छुट्टा–छुट्टै व्यावस्था सहितको हुने गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । त्यस्तै प्रसुति, नाक, कान, घाँटी र हाडजोर्नी लगायतका रोगको बिशेषज्ञसहितको सेवा बिस्तार हुने पच्याले जानकारी दिए । उनले मेडिकल हवको रुपमा विकास गर्ने योजनाको साथमा अस्पताल निर्माण थालिएको बताए । ‘गुणस्तरिय सेवासहित थुप्रै संभावना अब बन्ने अस्पातलको छ,’उनले भने,‘ यो काम गुल्मीसहितका छिमेकी जिल्लाको लागि सुखद हो ।’

गाउँ–गाउँमा धमाधम स्वास्थ्यचौकी निर्माण

पछिल्ला बर्षहरुमा जिल्लाका विभिन्न स्थानहरुमा स्वास्थ्यचौकी भवनहरु धमाधम निर्माण भइरहेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले दुई दिनमा आफ्नो निर्वाचन क्षेत्रका मात्रै चार वटा स्वास्थ्यचौकी उद्घाटन गरे । जसमा मालिका गाउँपालिका ६ अर्जे र वडा नं ५ को छापहिले तथा धुर्कोट गाउँपालिका ५ को वस्तु र इस्मा गाउँपालिका १ को हस्चिौर स्वास्थ्यचौकीको नयाँ भवन उद्घाटन गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देही मार्फत अर्जे स्वास्थ्यचौकी दुई करोड ३२ लाख २५ हजार दुई सय २५ रुपैयाँको लागतमा सुनिल समीर निर्माण सेवाले निर्माण गरेको वडाध्यक्ष शोभाखर गिरीले बताए । त्यस्तै एक करोड ६६ लाख छ हजार नौ सय दुई रुपैयाँको लागतमा छापहिले स्वास्थ्यचौकी भवन बासुरी जोग्मा जेभीले निर्माण गरेको स्वास्थ्यचौकी इन्चार्ज देब बहादुर महतरा जानकारी दिए ।

त्यस्तै एक करोड ७१ लाख ७३ हजार ८९ रुपैयाँको लागतमा वस्तु स्वास्थ्यचौकी सुनिल समीर निर्माण सेवाले निर्माण गरेको स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष नरहरी भण्डारीले जानकारी दिए । हस्तिचौर स्वास्थ्य चौकी दुई करोड ४० लाखको लागतमा श्रेष्ठ कन्ट्रक्सन प्रालीले निर्माण गरेको वडाध्यक्ष चुरा बहादुर खत्रीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D