Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
अबरुद्ध रिडी–रुद्रवेणी–वामी सडक एकतर्फी सञ्चालनमा - Gulminews

अबरुद्ध रिडी–रुद्रवेणी–वामी सडक एकतर्फी सञ्चालनमा

अनिल खत्री
१२ साउन, गुल्मी । अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ को कालिगण्डकी करीडोर सडक अन्र्तगत खोपा भन्ने स्थानमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अबरुद्ध भएको थियो ।

पहिरो हटाउन स्काभेटहरु प्रयोग गरिए पनि पानीपर्ने क्रम चलिरहेकाले ३ दिनपछि सोमबार साँझबाट मात्रै सडक सुचारु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सडक अबरुद्ध भएपछि बिभिन्न गनतव्यमा हिडेका सवारी साधान र यात्रुहरु अलपत्र परेका थिए ।

अविरल वर्षका कारण बर्षाले गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिम र अबरुद्ध बनेका छन् । ग्रामीण भेगका कच्ची सड्क वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D