gulminews logo
बिहीबार, २०८० चैत्र १५

अप्डेट: गुल्मीमा पहिरोमा परी १० जनाको मृत्यु (नामावली सहित)

अप्डेट (दिउँसो ४:३० बजे): पहिरोले पुरिएर ज्यान गुमाउने ११ जनाको शव भेटियो, एकै घरका ९ जना ।

युगराज बस्याल
गुल्मी, साउन ७ । सोमबार साझ देखि परेको अबिरल बर्षाका कारण गुल्मीमा भिषण पहिरो गएको छ । गुल्मीको सत्यवती गाउपालीकामा भिषण पहिरोबाट १० जनाको मृत्यु भएको छ।

यो पनि पढ्नुस्: फोटोहरु: गुल्मीको सत्यवतीमा पहिरोले यसरी तहस नहस बनायो…….

गाउँपालीकाको वडा नम्बर ३ मा राति घरमा भल पसी स्थानीय टेक बहादुर तरामुकी श्रीमती ३० बर्षीय तिलकुमारी तरामू , उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्: गोठमा भैंसी दुहुँदै गरेकी १७ बर्षिया सितालाई पहिरोले पुर्‍यो

यस्तै उनकी ९ र १३ बर्षीया छोरी करिष्मा र धनी तरामु घाइते भएको भएका छन् । घाइते उनिहरुको उपचारको लागि डक्टरको टोली घटनास्थलमा पुगेर उपचार गरिरहेको छ ।

यस्तै सत्यवती गाउँपालिका वडा नं ४ लिम्घामा ३ घर बगाउदा ८ जनाको शब फेला परेको वडा कार्यलयकाका कर्मचारी सुनिल ज्ञवालीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्: गुल्मी घटना अप्डेट: पहिरोले पुरिएर ज्यान गुमाएका ११ जनाको शव भेटियो, एकै घरका ९ जना

मृत्यु हुनेहरुमा रुपा बिक, बालीका सिवानी बिक, निर्मली बिकका छोरा र छोरी र पम्फा बिकका छोरा र छोरी रहेको र उनिहरुको नाम खुलेको छैन । यस्तै हेमन्सु बिक अन्जली बिक रहेका छन । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उहाले बताउनुभयो ।

यस्तै सत्यावती गाउँपालिका वडा नं ३ सिङदीमा रुद्र बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्रबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ।
उनीहरु बेपता रहेको स्थानीयहरुले बताएको खोजी कार्य जारी रहेको बताईएको छ। अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्य तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यथार्थ बिबरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोलीसंगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिनुभयो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D