gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अप्डेट: गुल्मीमा घरमा पहिरो खस्दा सुतिरहेका ४ जनाको मृत्‍यु

माधब ज्ञवाली
गुल्मी, साउन १७ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घा आँटिपाटामा पहिरो खस्दा एकै परिवारको ४ जनाको मृत्यु भएको छ । घर माथिबाट एक्कासी खसेको पहिरोमा पुरिँदा एकै घरका ४ जनाको मृत्यु भएको हो ।

वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीका अनुसार शुक्रबार साँझपखबाट परेको अविरल वर्षाका कारण माथिबाट पहिरो खसी घरमा सुतिरहेको बेलामा ४ जनाको घटनास्थलमै ज्यान गएको हो । रातको समय त्यसै माथि दुर्गम बस्ती र ठाउँठाउँमा पहिरो पनि खसेका कारण उद्दार कार्यमा कठिनाई आएको उनले बताए ।
उद्दारको लागि रिडिबाट प्रहरिको टोली घटनास्थल पुगेको र स्थानीय लगायत जनप्रतिनिधिहरु पनि घटनास्थल तर्फ जाने प्रयास गरेको उनले जानकारी दिए ।

टाहाटिम बजारसम्म पुग्ने बाटोसमेत अबरुद्ध भएकाले त्यहाँबाट करिब २ घण्टाको पैदल यात्रा पछि घटनास्थल पुगिन्छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

फाइल तस्वीर

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D