gulminews logo
शनिबार, २०८१ बैशाख ८

अपांग परिवारकाे घर बनाएकाे ऋण तिर्न मन्त्री बरालले दिए ५० हजार

हुमाकान्त पाेखरेल
गुल्मी, ०९ साउन । एक अपांग परिवारकाे घर बनाएकाे ऋण तिर्न ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ५० हजार सहयाेग गरेका छन् । गुल्मी क्षेत्र नम्बर १ `क´ का प्रदेश सासंद समेत रहेका मन्त्री बरालले गुल्मीको रेसुङ्गा नगरपालिका ७ निवासी सीता पन्थीकाे घर बनाएकाे ऋण तिर्न व्यक्तिगत तर्फबाट उक्त रकम सहयाेग गरेका हुन् । सीताका दुवै खुट्टा चल्दैनन् । गत बर्ष बुटिककाे तालिम लिएपनि त्यसलाई सदुपयाेग गर्न पाइनन् । उनकी अामाले अाखाँ देख्दिनन् । अत्याधिक गरिबीका कारण सीता र उनकी अामा सामान्य झुपडीमा बस्दै अाएका थिए ।

गत बर्ष अाशा अपांग केन्द्र, गुल्मीको पहलमा विभिन्न क्षेत्रकाे सहयाेगमा रेसुङ्गा नगरपालिका ७ मा उनीहरूकाे पक्की घर बन्याे । तर संकलन गरेकाे रकमले पुगेन । त्यहि ऋण तिर्नकाे लागि मन्त्री बरालले खातामा रकम जम्मा गरिदिएकाे मन्त्रीका स्वकीय सचिव यदु ज्ञवालीले जानकारी दिए । याे सँगै घर बनाएकाे ऋण केही मात्रै बाँकी छ । अाशा अपांग केन्द्रकी म्यानेजर गंगा रायमाझीका अनुसार गत बर्ष विभिन्न व्यक्ति तथा संघ संस्थाबाट एक हजारदेखि ५० हजारसम्म संकलन गरिएकाे थियाे । जसमा पन्थी समाज गुल्मीले ५० हजार, अाशा अपांग केन्द्रले ३० हजार, चाैतारी फाइनान्सबाट ५० हजार, निर्माण व्यवसायी संघबाट २० हजार लगायतबाट सहयाेग प्राप्त भएकाे थियाे ।

घर बनाउनकाे लागि विरभन्द्र जंग गुल्मीबाट श्रम सहयाेग, प्रशासन कार्यालयबाट १२ थान जाली, रेसुङ्गा नगरपालिकाबाट २८ पाता टिन तथा पुतलीबजार स्थित नवीन श्रेष्ठबाट ७ बाेटा सिमेन्ट सहयाेग भएकाे थियाे । जसमध्ये फलाममा एक लाख ५० हजार, ढुङ्गामा ८० हजार, झ्याल ढाेकामा ३४ हजार ७००, गिटी बालुवा र जयराम हाडर्वेयरमा सिमेन्टको गरि ६० हजार लगायतका शिर्षकमा तीन लाख ३९ हजार ७७५ खर्च भएकाे घर निर्माण समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् । अझै पनि सिमेन्ट लगायतकाे २९ हजार ८२५ रूपैंया जयराम हाडर्वयरमा बुझाउन बाँकी रहेकाेले सबैलाई सहयाेग गर्न उनले अाग्रह गरिन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D