gulminews logo
शनिबार, २०८१ बैशाख १५

अन्तरराष्ट्रिय ‘वामी नमुना समाज मुसीकोट’ ले मृगौला पिडितलाई सहयोग

अनिल खत्री
४ कात्तिक, गुल्मी । प्रवासमा रहेका नेपालीहरुले जन्मभूमी रहेका बिभिन्न असाय, अशक्त, बिभिन्न रोगबाट ग्रसीत भएर पिडामा रहेकाहरुलाई सहयोग गरेका छन् । अन्तर्राष्ट्रीय नमुना समाज मुसीकोट नगरपालिका–७ को आयोजनमा नेपाल कै लोकप्रिय चर्चित कार्याक्रम ईन्दरेणीबाट राजेश राना बचाउ अभियानको आर्थिक सयोग रकम हस्तान्तरण गरेका भएको छ । संस्थाका बरिस्ठ उपाध्यक्ष पदम रायमाझीको विशेष पहलमा रकम संकलन गरिएको हो ।

गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडानम्बर–४ दाहाचौर आपंडाडा घर भएका राजेश रानाको दुबै मिर्गौला फेल भई हाल बुटबलको मडिग्राम स्थित क्रिमसन हस्पिटलमा डाईलोसिज गर्दै आएका छन् । उनको उपचारको लागि अन्तर्राष्ट्रीय नमुना समाज मुसीकोटले ३ लाख ४७हजार ६७० रकम सयोग हस्तानतर्ण संस्थाका अन्तर्राष्ट्रीय संयोजक ईन्द्र थापाले जानकारी दिए ।

रानाको मृगौला प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने भएपछि बिभिन्न व्यक्तिहरुसँग गरिएको आर्थिक सहयोगबाट संकलन गरेर पठाइएको थापाले जानकारी दिए । मुसीकोट नगरपालिका नम्बर–ं७ बाट रोजÞगारी को शिलशीलामा बिभीन्न देश बस्नुहुने अन्तर्राष्ट्रीय नमुना समाज संस्थाका बुबा आमा दाजु भाई दिदी बैहिनीहरु तथा संस्था भन्दा बाहिरका साथीभाईहरुले सहयोग गरेको थापाको भनाई छ ।

कोभिड १९ को बिसम कठिन प्रस्थितिमा रहेर पनि आफनो एक छाक खानाको भाग काटेर राजेश राना बचाउ अभियान लाई सफल पार्नको लागी आर्थिक सयोग गर्नुहुने सम्पुर्ण सयोगीहरुलाई संयोजक थापाले धन्यवाद दिए । संस्थाले बिभिन्न समयमा जिल्लाका बिभिन्न असाय अशक्त बिभिन्न रोगले ग्रसीत व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D