टोपलाल अर्याल
गुल्मी, १७ भदौ । अनेरास्ववियु गुल्मीको २३ औ जिल्ला सम्मेलन असोज ४ र ५ गते तम्घासमा हुने भएको छ । सम्मेलनको उद्घाटन सत्रलाई संबोधन गर्न एमाले सचिव प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट तथा संगठनका केन्द्रिय नेताहरु आउने कार्यक्रम रहेको अनेरास्ववियु गुल्मीले जनाएको छ । सम्मेलनको तयारीको क्रममा शनिबार तम्घासमा संगठनको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलालाई केन्द्रिय प्रचार विभाग सदस्य राजेन्द्र अर्याल, बिद्यार्थी इन्चार्ज हिरा एसी, केन्द्रिय निर्वाचन आयोगका सदस्य काशीराम पाण्डे, पुर्व अध्यक्ष ओम कार्की, जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवर लगायतले सबोधन गरेका थिए । ंसम्मेलन सम्पन्न गर्न अनेरास्ववियु गुल्मीका स्रयोजक राजेन्द्र बिक्रम कुवंरको संयोजकत्वमा ३३ सदस्य रहेको सम्मेलन आयोजक मुल समिति रहेको छ ।

त्यस्तै श्रीराम महतको संयोजकत्वमा प्रतिनिधी व्यवास्थापन, उदय अर्यालको संयोजकत्वमा खाद्य तथा आवास व्यावस्थापन, नविन अर्यालको संयोजकत्वमा प्रचार प्रसार, प्रदिप आचार्यको संयोजकत्वमा मञ्च व्यावस्थापन तथा स्वयमसेवक परिचालन, विपना सुर्यवंशीको संयोजकत्वमा साँस्कृतिक, गणेश पौडेलको संयोजकत्वमा जनपरिचालन लगायतका उपसमितिहरु गठन भएका छन् ।
सम्मेलनमा जिल्लाभरका क्याम्पस तथा माविहरुबाट ३ सय प्रतिनिधी तथा पर्यवेक्षक र स्वंयसेवहरुले भाग लिनेछन् । असोज ४ गते सदरमुकाम तम्घासमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुन अनेरास्ववियु गुल्मीले सवैलाई आग्रह गरेको छ । सम्मेलनमा प्रतिनिधी गर्न विभिन्न उपसमितिहरु पनि गठन भएका छन् ।







