gulminews logo
शनिबार, २०८१ बैशाख ८

अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाउदै ठेकेदार

हुमाकान्त पोखरेल
गुल्मी, १२ असौज । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा अनुदानबाट प्रदान गरिने ट्याक्टरबाट ठेकेदारले रकम उठाएको खुलेको छ । रुरुक्षेत्र गाउँपालिकाको आर्थिक बर्ष २०७६/७७ को कार्यक्रमअनुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो । तर उनीहरुसँगबाट प्रति ट्याक्टर एक हजार पाचँ सयका दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको छ । ‘ट्याक्टर लिन जाँदा एक्कासी १५ सयका दरका मागियो, हामी त अचम्म प¥यौ ।’ किसान बाबुराम ज्ञवालीले भने, ‘बिना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।’

फिटिङ गरेको, तेल तथा यातायात खर्चको बाहाना बनाएर उनीहरुले रकम असुली गरेको ज्ञवालीले बताए । त्यसभन्दा पहिले नै ट्याक्टरको ५० प्रतिशत मुल्य ३२ हजार पाचँ सय आफुहरुले बैंकमा जम्मा गरेको भन्दै उनले एक हजार पाचँ सय बुझाउनेबारे कुनै जानकारी नभएको बताए । अर्का किसान सुब्बा बस्नेतले पनि गैरकानुनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानहरुबाट रकम असुली गरेको गुनासो गरे । ‘३/४ बर्षमा एउटा ट्याक्टर पाएको, धेरै बोल्ने कुरा भएन, बोल्न पनि जानिएन ।’ उनले भने, ‘ट्याक्टर लिन जाँदा एक्कासी पैसा मागे, खोजेर भएपनि दियौँ र ट्याक्टर ल्यायौँ ।’ तर उक्त रकम किन र कुन प्रयोजनको लागि तिरेको भन्ने बारेमा आफु अझै पनि अनविज्ञ भएको उनले बताए ।

ठेकेदार र गाउँपालिकाका कर्मचारीको मिलेमतोमा किसानहरुबाट रकम उठाइएको भन्दै उनले तत्काल उक्त रकम फिर्ता गर्न र गैरकानुनी ढङ्गले रकम उठाउनेमाथि कारवाही गर्न माग गरे । सप्लायर्स कम्पनीले ३४ जना किसानहरुबाट प्रति किसान एक हजार पाचँ सयका दरले कुल ५१ हजार गैरकानुनी ढङ्गबाट असुली गरेको छ ।

असार मसान्तभित्रै दिनुपर्ने ट्याक्टर साउनमा दिइयो

गाउँपालिकाले आ.व. ०७६÷७७ मै ट्याक्टर वितरण गर्नुपर्ने थियो । त्यसो गर्दा उक्त ट्याक्टर खरिदबापतको भुक्तानी असार मसान्तसम्म मात्रै हुन्थ्यो । तर सम्बन्धित सप्लायर्स र कर्मचारीको मिलेमतोमा साउनको तेस्रो हप्तामा मात्र किसानहरुलाई ट्याक्टर उपलब्ध गराइएको छ । ‘ट्याक्टरको लागि आवश्यक ५० प्रतिशत रकम किसानहरुले पहिले नै बुझाउनुभएको थियो ।’ नाम नभन्ने सर्तमा एक युवाले भने, ‘पछि बुझाउने रकमबारे पूर्व जानकारी पनि थिएन र रसिद पनि दिइएको छैन ।’
गाउँपालिकाकाले गत आ.व.को कार्यक्रमअन्तरगत वडा नम्बर १ मा दुई, २ मा आठ, ४ मा सात, ५ मा १२ तथा वडा नम्बर ६ मा चारजना किसानलाई हाते ट्याक्टर प्रदान गरेको छ । उक्त कार्यको लागि ११ लाख ५० हजार गाउँपालिका र त्यत्ति रकम किसानले जम्मा गरेको गरिएको गाउँपालिकाका सुचना अधिकारी इश्वरी न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाका जिन्सी शाखा प्रमुख निर्मल पाेखरेलले आफुहरुले सकेसम्म न्यून दरमै किसानहरुलाई ट्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिए । ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बाहानामा किसानहरुबाट रकम उठाएको उनले बताए । तर यसमा आफुहरुको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उनले प्रष्ट पारे ।

ट्याक्टर सप्लायर्स कम्पनी गिरिधरी कृषि मेसिनरी सप्लायर्सका संचालक गिरिधरी चौधरीले आफुले गाउँपालिकाका कर्मचारीमार्फत किसानले पछि तिर्नुपर्ने शुल्कको बारेमा जानकारी गराएको बताए । ट्याक्टरको मोबिल, तेल, मिस्त्री लगायतका कार्य गर्दा खर्च भएको रकम आफुले लिएको उनले स्वीकार गरे । गाउँपालिकामा कोटेशन दर्ता गर्दा नै पछि तिनुपर्ने शुल्क उल्लेख नगरेकोले आफुले अहिले रकम लिएको उनले प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D