gulminews logo
शनिबार, २०८१ बैशाख १५

अटो दुर्घटनामा घाइते युवालाई प्रजिअ रुद्रादेवीको पहलमा आर्थिक सहयोग

अनिल खत्री
१५ पुस, गुल्मी । गुल्मीमा गत पुस ३ गते भएको अटो दुर्घटनामा परि घाइते युवाको उपचारमा समस्या आएपछि जिल्लाका बिभिन्न संघ संस्थाहरुले सहयोग संकलन गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा परि रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का १६ वर्षका सुनिल बिक गम्भीर घाइते भएका थिए ।

उनको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रवास उपचार भइरहेको छ । घाइते बिकको घरको आर्थिक अबस्था कम्जोर भएको र उपचारमा धेरै रकम लाग्ने भएपछि बुधवार जिल्लाका कर्मचारी, स्वास्थ्यकर्मी देखि पत्रकारसम्मले आर्थिक सहयोग रकम संकलन गरेर हस्तातरण गरेका हुन् ।

गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा जिल्लाका बिभिन्न संघ संस्थाहरुबाट १ लाख १२ हजार १४० रुपैयाँ सहयोग संकलन गरि घाइते युवाको आमा सुन्ती बिक हस्तातरण गरिएको हो । रकम हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन ।

अटो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । गौडाकोटबाट तम्घास तर्फ आउदै गर्दा रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा दुर्घटनामा परेको थियो । अटोमा सबार घाइते ३ जना मध्ये २ जनाको गुल्मी अस्पतालमा उपचारपछि घर फर्केका छन् भने १ जनाको पाल्पामा उपचार भइरहेकोे छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D