अज्ञात समूहद्धारा निर्माणधिन बिद्यालयको भवन तोडफोड

मनोज कार्की
गुल्मी ०८ पौष। गुल्मीको मालिका गाउँपालिका वडा नं ७ घमिरको देबिस्थान माबि अज्ञात समूहले तोडफोड गरेको छ । मङगलबार राती अज्ञात समूहद्धारा निर्माणधिन बिद्यालयको भवन तोडफोड गरिएको बिद्यालय प्रशासनले जनाएको छ । तोडफोड हुदाँ निर्माणधिन बिद्यालयका झ्याल र भौतिक संरचनामा पुर्णरुपले क्षती भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई शिक्षाको बार्षिक कार्यक्रम अन्तरर्गत निर्माणधिन ४ कोठे बिद्यालय भवनको दुईवटा कोठा, ४ वटा भm्याल र भौतिक संरचना तोडफोड गरिएको देबिस्थान माध्यमिक बिद्यालयका प्रधानध्यापक खिम बहादुर बुढाथोकिले जानाकारी दिए ।

गत असारदेखि सुरु गरिएको निर्माणधिन भवनको हाल सम्म ३५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई शिक्षा इकाई प्रमुख पिताम्बर पन्थीले जानाकारी दिए ।

घटना स्थलमा मर्भुङ्ग प्रहरी चौकि पुगि यस बिषयमा आबश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरिक्षक केदारराज पन्तले जानाकारी दिए । यस अघिका घटनाहरुका दोषि समयमा पत्ता नलाग्दा चोरीका घटनाहरु पछिल्लो समय गुल्मीमा श्रृङखलाबद्धरुपमा भईरहेको स्थानिय बताएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ