gulminews logo
मंगलवार, २०८० चैत्र ६

अक्सिजन प्लान्ट स्थापना गर्न महासंको ६० लाख

हुमाकान्त पोखरेल
गुल्मी, ११ जेठ । गुल्मी अस्पताल तम्घासमा अक्सिजन प्लान्ट स्थापना गर्न नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले ६० लाख प्रदान गरेको छ । पत्रकार महासंघ, गुल्मीको ‘अक्सिजन प्लान्ट अभियान’अन्तरगत संकलित रकम महासंघले सोमबार गुल्मी अस्पताललाई प्रदान गरेको हो ।

अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई महासंघका अध्यक्ष टोपलाल अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले अक्सिजनकै अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले सुरुमा अक्सिजन अभियान संचालन गरेको थियो । अभियानबाट संकलित रकमबाट २० थान अक्सिजनका सिलिन्डर खरिद गरी गुल्मी अस्पताललाई प्रदान ग¥यो । पछि बढी मात्रामा रकम संकलन हुन थालेपछि जिल्लाका सरोकारपक्षको छलफलपछि महासंघले अक्सिजन प्लान्ट स्थापना गर्ने उदेश्यले ‘अक्सिजन प्लान्ट अभियान’ सुरु गरेको थियो । वैशाख २५ गतेबाट सुरु गरिएको अभियानबाट संकलित रकम सोमबार हस्तान्तरण गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए ।

आफुहरुको अभियान पुरा हुने गतिमा अगाडी बढेको भन्दै अध्यक्ष अर्यालले देश–विदेशबाट रकम दिएर सहयोग गर्ने सबैलाई धन्यवाद् दिए ।

महासंघका सह–सचिव तेजेन्द्र कुमार श्रेष्ठले अब छिटो अक्सिजन प्लान्ट स्थापना गरी संचालन गर्न आवश्यक सहयोग र खबरदारी गर्नेतर्फ आफुहरुको ध्यान रहने बताए । पत्रकार महासंघको अभियानपछि सरकारले पनि अक्सिजन प्लान्टकै एक करोड बिनियोजन गरेको थियो । तर सरकारबाट आएको रकमले काम गर्दा ढीलो हुने र रकम पनि अपुग हुनेहुँदा महासंघ र केन्द्रबाट प्राप्त रकमको साझेदारीमा अक्सिजन प्लान्ट स्थापना हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

महामारीको समयमा जोखिम मोलेर महासंघले गरेको कामको प्रशसां गर्दै प्रजिअ शर्माले सकेसम्म छिटो प्लान्ट स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पत्रकार महासंघ, गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यबाद ब्यक्त दिए । अभियानले सार्थकता पाएको भन्दै जति सक्दो छिटो अक्सिजन प्लान्ट स्थापना गर्नका लागि अस्पताल बिकास समिति लाग्ने उनले बताए । प्लान्ट स्थापनाको लागि मंगलबार टेन्डरको सुचना प्रकाशन हुदैँछ । अब खरिद गरेर ल्याउने प्लान्टबाट २४ घण्टामा ७५ वटा ठुला सिलिन्डर भर्न सकिने अर्थात २४ घण्टामा चार लाख लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट बन्ने डाक्टर पच्याले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D