gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

अक्सिजन प्लान्ट निर्माणमा रेसुङ्गा बहुमुखी क्याम्पसको आर्थिक सहयोग

अनिल खत्री
६ असोज, गुल्मी । गुल्मीमा निर्माणधिन अवस्थामा रहेको अक्सिजन प्लान्ट निर्माणमा रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको छ । गुल्मी अस्पतालमा बनिरहेको अक्सिजन प्लान्टको लागि क्याम्पसले ३९ हजार ८ सय २२ रुपैयाँ सहयोग गरेको रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरिबहादुर खत्रीले बताए ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन गराउने प्राध्यापक र सम्पुर्ण कर्मचारीहरुबाट संकलित रकम गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरिएको हो । कोभिडको दोस्रो लहरले आक्रान्त पारेको गुल्मीमा अक्सिजन अभावमा कुनै गुल्मेलीले ज्यान गुमाउन नपरोस् भनी अक्सिजन प्लान्ट निर्माण कार्य थालिएको छ ।

क्याम्पस प्रमुख हरि बहादुर खत्रीसहित पुगेका क्याम्पसका प्रध्यापक र कर्मचारीले रकम गुल्मी अस्पताललाई हस्तान्तरण गरेका थिए । अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको अस्पतालका प्रमुख पच्याले बताए ।

जडानको काम र निर्माण गरिएको भवनको छानो निर्माण बाँकी रहेकोले अब छिट्टै प्लान्ट संचालनमा आउने अस्पतालका डाक्टर पच्याले बताए । गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बन्न सुरु गरिसकेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D