gulminews logo
मंगलवार, २०८० चैत्र ६

अक्सिजन प्लान्ट अभियानमा गुल्मी समाज क्यालगारीको एक लाख ७१ हजार सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, १२ जेठ । रोजगारीको लागि क्यानडामा रहेका गुल्मेलीहरुले नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानको लागि आर्थिक सहयोग गरेका छन् । उनीहरुले गठन गरेको संस्था गुल्मी समाज क्यालगरीमार्फत पत्रकार महासंघलाई एक लाख ७१ हजार १३२ रुपैँया ७१ पैसा सहयोग गरेको संस्थाका अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए ।

संस्थाका सदस्य धर्मराज मरासिनीले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्दा नागरिकले छिटो–छरिदो रुपमा सेवा पाउन सक्ने भएकोले सबैको सल्लाहमा उक्त रकम सहयोग गरेको बताए । अब सकेसम्म छिटो अक्सिजन प्लान्ट स्थापना गरी सेवा सुचारु गर्नुपर्ने उनले बताए । पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालले भौतिक शरीर जहाँ भएपनि आफ्नो गाउँ सम्झेर अभियानमा सहयोग गरेकोमा गुल्मी समाज क्यालगोरीलाई धन्यवाद् दिए ।

संकलित रकममध्ये ६० लाख प्लान्ट खरिदको लागि गुल्मी अस्पताललाई प्रदान गरिएको अर्यालले बताए । महासंघका उपाध्यक्ष एवम् स्रोत व्यवस्थापन समिति संयोजक रेशम कुँवरले गुल्मी अस्पतालले सात दिनको म्याद राखेर प्लान्ट खरिदको लागि सुचना प्रकाशित गरिसकेको र उक्त कार्यमा आफुहरुले आवश्यक सहयोग र खबरदारी गर्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D