gulminews logo
सोमबार, २०८१ बैशाख ३१

अक्सिजन प्लान्ट अभियानमा बस्नेतको पहलमा आयो ५० हजार सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, ०८ जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानमा गुल्मीदरबार गाउँपालिका –७ निवासी हाल लग्जम्बरमा बस्ने सोमानसिहं बस्नेतको पहलमा ५० हजार रकम संकलन भएको छ । संकलित रकम देउराली दर्शन सेवा समाज र युनाइटेड हेल्थ एण्ड फिटनेस क्लवमार्फत अध्यक्ष इन्द्र थापाले गुल्मीदरबार गाउँपालिका –७ का वडाध्यक्ष टोप बहादुर बस्नेतको रोहवरमा लोक दोहोरी प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष एवम् रेसुङ्गा नगरपालिका –१३ का अध्यक्ष खुम खत्रीलाई हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघको अभियानमा लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला कार्य समिति गुल्मीले पनि रकम संकलनको लागि अनुरोध गरेको थियो । जसअन्तरगत अभियान्ता बस्नेतको पहलमा ५० हजार रकम अक्सिजन प्लान्टको लागि सहयोग जुटेको हो । लग्जम्बरमा रहेका नेपालीहरुमाझ सहयोग अभियान चलाएर रकम संकलन गरेको बस्नेतले बताए । जिल्लामा अक्सिजनकै अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले महासंघले सुरु गरेको अक्सिजन प्लान्ट अभियान धेरै सकारात्मक भएकोले आफुहरुले सहयोग गरेको बस्नेतले बताए । उक्त रकम लोक दोहोरी प्रतिष्ठानलाई प्रदान गरिएको छ ।

लोक तथा दोहोरी गित प्रतिष्ठानले पनि अभियानकै लागि आर्थिक संकलन गरिरहेको छ । अहिलेसम्म एकलाखभन्दा बढी रकम संकलन भएकोले सबै रकम एकमुष्ठ रुपमा पत्रकार महासंघलाई हस्तान्तरण गर्ने प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् रेसुङ्गा नगरपालिका –१३ का वडाध्यक्ष खत्रीले जानकारी दिए । पत्रकार महासंघका सचिव प्रेम सुनारले अभियानमा जोडिने बस्नेतलगायत लग्जम्बरबा बस्ने सबैलाई धन्यवाद् दिए ।

सकेसम्म छिट्टै नै आफुहरु प्लान्ट निर्माणमा लाग्ने भन्दै उनले प्लान्टको अभियान यहि जेष्ठ १० गतेसम्म मात्र संचालन गरिने जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D