gulminews logo
आईतवार, २०८१ बैशाख ३०

अक्सिजन प्लान्ट अभियान जेठ १० गतेसम्म

हुमाकान्त पोखरेल
गुल्मी, ०५ जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको अक्सिजन प्लान्ट अभियान जेठ १० गतेसम्म संचालन हुने भएको छ । पत्रकार महासंघ, गुल्मीको मंगलबार बसेको बैठकले जेठ १० गतेसम्म मात्र अभियान संचालन गर्ने र त्यसपछि अक्सिजन प्लान्ट निर्माण नभएसम्मका लागि अक्सिजन आपूर्ति र सहजीकरणलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकका निर्णयहरुलाई महासंघका अध्यक्ष टोपलाल अर्यालले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग गर्न इच्छुक सबैलाई १० गतेसम्म सहयोग गर्न आग्रह गरेको छ । साथै हालसम्म प्रतिवद्धता जनाएको रकम पनि सोही समयभित्रै प्रदान गर्न महासंघले आग्रह गरेको छ । महासंघले आफुले संचालन गरेको अक्सिजन तथा अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै व्यक्ति तथा संघ संस्थाहरुलाई धन्यवाद् दिएको छ । पत्रकार महासंघकै अभियानमा साथ दिई एक करोड बिनियोजन गर्ने नेपाल सरकार, सबैजसो राजनीतिक दललाई पनि धन्यवाद् दिएको छ ।

हालसम्म करिब ५० लाख बढी संकलन भएको र संकलित रकमको पारदर्शि रुपमा खर्च गरिने र सार्वजनिक गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D