gulminews logo
शुक्रबार, २०८० चैत्र १६

अक्सिजन अभियानमा गुल्मीका बीमा कम्पनीहरुको ४० हजार सहयोग

हुमाकान्त पोखरेल
गुल्मी, २९ वैशाख । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा गुल्मीका बीमा कम्पनीहरुले नगद सहयोग गरेका छन् । जिल्लामा रहेका सम्पूर्ण जीवन र निर्जिवन बीमा कम्पनीहरुले एकमुष्ट रुपमा ४० हजार पत्रकार महासंघलाई हस्तान्तरण गरेका हुन् ।

जिल्लामा रहेका सबै बीमा कम्पनीहरुको संस्था, गुल्मी इन्स्योरेन्स कम्पनीले ४० हजार महासंघलाई प्रदान गरेको हो । बुधबार गुल्मी इन्स्योरेन्स समितिको तर्फबाट अध्यक्ष दीपक पोखरेलको नेतृत्वमा गएको समुहले पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, समन्वय समितिका संयोजक जनार्दन घिमिरे लगायतलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । पत्रकार महासंघले संचालन गरेको अभियानमा सामाजिक उत्तरदायित्वअन्तरगत आफुहरुले सहयोग गरेको र आगामी दिनमा पनि यो अभियानमा सँगै हुने अध्यक्ष पोखरेलले बताए ।

त्यसका साथै उनले अक्सिजन नपाएर बिरामीहरुको अकालमै ज्यान जाने अवस्थालाई न्यूनिकरण गर्नको लागि महासंघले संचालन गरेको अक्सिजन अभियानको प्रसशां समेत गरे । पत्रकार महासंघका अध्यक्ष अर्यालले सहयोग गर्ने गुल्मी इन्स्योरेन्स कम्पनीलाई धन्यवाद् दिदैँ रकमको सही सदुपयोग गर्ने बताए । समन्वय समतिका अध्यक्ष जनार्दन घिमिरेले महामारीमा सबैले आफुहरुको अभियानमा सहयोग गर्न आग्रह गरे । इन्स्योरेन्स समितिले गत बर्ष पनि सर्वसाधारणको लागि माक्स, सेनिटाइजर तथा ग्लोब वितरण गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D