जिल्ला समाचारस्वास्थ्य

९ महिनामा गुल्मीमा झन्डै २ हजार आमाहरु अस्पतालमै सुत्केरी, कहाँ कती? यस्तो छ पुरा विवरण

प्रेम सुनार
गुल्मी, जेठ ४ । गत श्रावण देखि पछिल्लो ९ महिनाको अन्तरालमा गुल्मी जिल्लाभर अस्पताल मै सुत्केरी हुने आमाहरुको संख्या १९ सय भन्दा बढि पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, तथ्याङक शाखा श्रावण देखि चैत्र महिना सम्मको प्राप्त तत्थ्याङक अनुसार १८ सय ९४ जना आमाहरु अस्पताल मै सुत्केरी भएका हुन् ।

तथ्यांक शाखा प्रमुख अस्मीता पावनले दिएको जानकारी अनुसार मुसिकोट नगरपालिकाको वामीटक्सार स्वाथ्य चौकीबाट गत ९ महिना भित्रमा ४९ जना आमाहरु सुत्केरी भएका छन् । बडागाउँ स्वास्थ्य चौकीबाट ७२, आँपचौरबाट १ र कुर्घा स्वास्थ्य चौकीबाट ४१ जना सुत्केरी भएका छन् ।

धुर्कोट गाउँपालिका अन्तरगत धुर्कोट रजस्थल प्राथामिक स्वास्थ्य केन्द्रबाट ७२ जना आमाहरु सुत्केरी भएका छन् । हाडहाडे स्वास्थ्य चौकीबाट २१ जना, पिपलधाराबाट १६ जना सुत्केरी भएका छन् । मदाने गाउँपालिकाको सिर्सेनी स्वास्थ्य चौकीबाट ५ जना , मदाने सामुदायिक स्वास्थ्य केन्द्रबाट ३३ र पुर्कोटदह स्वास्थ्य चौकीबाट ६१ जना सुत्केरी भएका छन् ।

मालिका गाउँपालिका अन्तरगत अर्खबाङ्ग स्वास्थ्य चौकीमा ३३ जना , घमिरमा २० , ह्वाङ्गदीमा १४ , अर्जैंमा ३७ र मरभुङ्गमा ११ जना महिलाहरु सुत्केरी भएका छन् । ईस्मा गाउँपालिकाको ईस्मारजस्थल स्वास्थ्य चौकीमा ६६ जना , अमरपुरमा ३८ जना , हस्तीचौरमा १५ र दर्लामचौर स्वास्थ्य चौकीमा ९ जना सुत्केरी भएका छन् ।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुर स्वास्थ्य चौकीमा ८४ जना , ग्वाघामा १५ , दिव्रुङ्गमा २९ र तुराङ्गमा ५० जना महिला सुत्केरी भएका छन् । कालिगण्डकीको हर्मीचौरमा २९ , पुर्तिघाटमा ४५ र भुर्तुङ्ग स्वास्थ्य चौकीमा ३० जना महिला सुत्केरी भएका छन् । सत्यवतीको जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा ६७ जना , अस्लेवामा १० , जुनियाँमा ३ जना , ठुलोलुम्पेकमा १९ र भार्सेमा १३ जना महिला सुत्केरी भएका छन् ।

रुरु गाउँपालिको थानापतिमा ७ जना , रुरु प्राथामिक स्वास्थ्य केन्द्रमा ५८ जना महिला सुत्केरी भएका छन् । छत्रकोट गाउँपालिकाको श्रृंङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा ५० जना , खज्र्याङ्गमा ३८ जना । हुँगामा १२ जना पल्लीकोटमा १३ जना महिला सुत्केरी भएका छन् । गुल्मी दरवार गाउँपालिकाको दरवार स्वास्थ्य चौकीमा ९ जना सुत्केरी भएका छन् ।

रेसुङ्गा नगरपालिकाको सिमिचौर स्वास्थ्य चौकीमा ५ जना र जिल्ला अस्पताल गुल्मीमा ५ सय ७७ जना महिला सुत्केरी भएका छन् । जिल्लाका ४ वटा प्राथामिक स्वास्थ्य केन्द्रहरुमा क्रमशः आधुनिक प्रविधि सहित पुर्ण दरवन्दी र औषधी प्रयाप्त रहेको जिल्ला जनस्वास्थ्य प्रमुख उत्तमकुमार कोईरालाले जानकारी दिए ।

पछिल्लो चरण जिल्लाको सवै भन्दा पुरानो धुर्कोट प्राथामिक स्वास्थ्य केन्द्र आधुनिक प्रविधी सहितको केन्द्र बन्न पुगेको छ । गाउँपालिकाको पहलमा हालै ल्याव सेवा समेत त्यस केन्द्रमा सञ्चालनमा ल्याएको छ । अव एकसरे मेशिन ल्याउने पहल भई रहेको सो केन्द्रका स्वास्थ्य संयोजक प्रेम खनालले बताए ।

उक्त केन्द्रलाई थप सुविधा सम्पन्न गराउने पहल भई रहेको त्यस स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा धुर्कोट गाउँपालिका उप प्रमुख शिवबहादुर खत्रीले बताए । ल्याव मेशिनको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, उपप्रमुख खत्री र धुर्कोट गाउँपालिका ६ का वडाध्यक्ष कृष्ण नेपालीले क्रमशः स्वास्थ्य प्ररिक्षण गरेर उद्घाटन गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D