जिल्ला समाचार

९३ विद्यार्थीलाई पोशाक वितरण

हुमाकान्त पोखरेल
तम्घास, ११ कात्तिक । सिद्धबाबा माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका –८ गुल्मीले ९३ विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिहीबार विद्यालयले जिल्ला भित्र र जिल्ला बाहिरका कक्षा नर्सरीदेखि कक्षा सातसम्मका गरिब एवं विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

उनीहरुलाई अवस्था हेरिकन ट्र्याकसुट, जुत्ता, टाई, टोपी, स्वीटर, टिसर्ट लगायतका पोशाक वितरण गरिएको प्रध्यानाध्यापक डोर विक्रम श्रीसले जानकारी दिनुभयो । विद्यालयले कमजोर स्थितिका विद्यार्थीहरुलाई पढाउनको लागि ०७६ सालमा सिद्धबाबा क्लोथ बैंकको स्थापना गरेको थियो । क्लोथ बैंक मार्फत विभिन्न दाताले गरेको सहयोगलाई विद्यालयले विद्यार्थीलाई प्रदान गर्दछ ।

विद्यालयले विभिन्न समयमा गरिब एवम् विपन्न विद्यार्थीलाई सिद्धबाबा क्लोथ बैँक मार्फत पोशाक वितरण गर्दै आएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D