gulminews logo
सोमबार, २०७९ श्रावण २३

७१ बर्षिया बृद्धालाई नागरिकता

हुमाकान्त पोखरेल
गुल्मी, ०८ साउन । गुल्मीमा ७१ बर्षिया बृद्धालाई नागरिकता प्रदान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –५ वस्तुकी कमला कुमाललाई आइतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रदान गरिएको हो ।

वस्तु रातचौरमा बस्दै आएकी कमलाका तीन छोरा र दुई छोरी गरी पाँच सन्तान छन् । दुइवटी छोरीको इस्मा गाउँपालिका –६ अमरपुरमा विवाह भएको छ । एक छोरा अपाङ्ग छन् भने दुई छोराले विवाह गरेका छन् । श्रीमानले दिनभर मजदुरीको काम गर्छन । सन्तानले कुनै वास्ता नगरेपछि कुमालले मागेर जिविकोपार्जन गर्दै आएको वडाध्यक्ष केशवराज भण्डारीले बताए ।

नागरिकता नहुँदा उनी राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सुविधाबाट समेत बञ्चित भएकी थिइन् । कमलाको यस्तो अवस्था थाहा पाइसकेपछि वडाध्यक्ष भण्डारीकै पहलमा उनलाई नागरिकता प्रदान गरिएको हो । नागरिकता प्राप्त गरेसँगै उनले बृद्ध भत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाका एम्. आइ. एस्. कम्युटर अपरेटर झविन्द्र भण्डारीले वस्तुकै ग्लोबल बैंकमा खाता खोलेपछि उनले भत्ता पाउने बताए ।

यो पनि पढ्नुस्

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होटबाजी, कार्यान्वयमा वेवास्ता

हुमाकान्त पोखरेलगुल्मी, १५ साउन । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D