अपराधजिल्ला समाचार

६ वर्षिया छोरी वलात्कार गर्ने वावु २२ वर्ष जेल चलान

प्रेम सुनार

गुल्मी, चैत्र–१६ । सुन्दा पनि हरकोहीको शरिर नै जिरिङ्ग गर्ने गुल्मीमा आफ्नै ६ वर्षिया छोरी वलात्कार गर्ने एक वावुलाई जिल्ला अदालत गुल्मीले २२ वर्ष जेल चलानको फैसाला गरेको छ ।

२०७४ सनल जेठ ९ गते गुल्मीको सत्वती गाउँपालिको ३८ वर्षिय रावण नाम परिवर्तनले ६ वर्षिया छोरी ‘४६ ख’ नाम परिवर्तनलाई वलात्कार गरेको भन्दै उनकी आमाले जाहेरी दिएकी थिईन् ।

सोही अनुरुपम निजले छोरी वलात्कार गरेको ठहर गर्दै जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजालासले निजलाई २२ वर्ष कारागार कैद सजाएँ र पिडित वालिकालाई २५ हजार क्षतिपुर्ति पिडिक वावुबाट दिलाउने फैसाला गरेको सो अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

आम वलात्कारिलाई २० वर्ष कैद सजाएँको व्यवस्था छ श्रेस्तेदार बस्यालले भने छोरी जस्तो हाडनातामा वलत्कार भएकोले निजलाई २ वर्ष थप सजाएँ गरी २२ वर्ष तोकिएको हो । पछिल्लो चरण गुल्मीमा अर्की ६ वर्षिया वालिका वलात्कार र अर्को डरलाग्दो आफ्नै दाजुले वहिनी वलात्कारको घटनाले देशैभर सनसनी फैलिएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D