गुल्मी, साउन २ । गुल्मीको गुल्मीदरबार गाँउपालिका वडा नम्बर २ मा खानेपानी योजना सुरु भएको छ । जुभुङ स्थित अमिलेबोट खानेपानी योजनाको हिजो बुधवार देखी सुभारम्भ गरिएको हो ।
अमिलेबोट खानेपानी योजनाको करिब ४० लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न योजनाको पन्चे बाजा बजाएर पन्चकन्यालाई गाग्रीमा पानी हस्तान्तरण गरि शुभरम्भ गरिएको थियो । बाँकी कामको लागी अझै करिब ४० लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । अब २ वटा इन ट्याङ्क निर्माण गरी १ घर १ धारा कार्यक्रम सन्चालन हुनेछ
योजना ६ किलोमिटर ट्रासमिसन लाईनमा निर्माण सम्पन्न सम्पन्न भई डेढ लिटर प्रति सेकेण्डको बहाबमा पानी ताङ्लाजी घुर्मिमा बितरण भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनुज उपाध्यायले बताउनुभयो ।
खानेपानी सुभारम्भ समारोहमा प्रदेश सांसद गीता थापा, वडा अध्यक्ष हरिहर गौतम खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनुज उपाध्याय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कमल पन्थ, नेकपा जिल्ला सदस्य असोक थापा अमिलेबोट खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान गाहा लगायतको सहभागिता रहेको थियो ।
अमिलेबोट खानेपानी योजना सम्पन्न भए पछि गुल्मीदरबार गाँउपालिका वडा नम्बर २ जुभुङ्ग गुल्मीका करिब १ सय घर प्रतक्ष लभान्वित हुने स्थानिय युवा समाजसेबी कमल थापाले जानकारी दिनुभयो ।