मुख्य हेडलाईन

४२७ करोड लागतमा फेरिँदै त्रिभुवन विमानस्थलको धावनमार्ग

काठमाडौं, माघ २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम ४ दशकपछि चैतको तेस्रो हप्ताबाट सुरु हुने भएको छ ।

सन् १९९५ ताका निर्माण गरिएको विमानस्थलको यो पित त्यसपछि फेरिएको छैन । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा अब पिचलाई फेर्ने गरी काम गर्न लागिएको हो ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन(वेको स्तरोन्नति गर्ने जिम्मा पाएको हो ।

नागरिक उड्डयन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीकाअनुसार अप्रिल १ अर्थात् चैत १८ बाट विमानस्थलको रन-वेलाई स्तरोन्नतिको काम सुरु हुनेछ । यो काम ७० दिनमा सकिने अनुमान छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D