जिल्ला समाचार

पुर्तिघाटमा माओबादी द्धन्दका कारण बिस्थापित बाणिज्य बैंक पुन: सन्चालनमा

तिलाचन पाण्डे
भदौ २ , २०७६ गुल्मी । गुल्मीको बिकट कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा राष्ट्रिय बाणिज्य बैंकको शाखा खुलेको छ ।

२०५६ सालमा द्धन्दका कारण बिस्थापित भएको राष्ट्रिय बाणिज्य बैकंको २२३ औ शाखाको एक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापाले उदघाटन गरे । बैंकको उद्घाटन गर्दै थापाले स्थानीय स्तरमा बैंकहरु पुग्न नसकेको र गरीबहरुले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिन नसकेको र हुने खानेहरुसंगै पहुँचवालाले मात्रै बैंकको प्रयोग गरेको भन्दै अब तल्लो स्तरसम्म पनि बैंक पुग्नु पर्ने बताए । साथै उहाँले गाउँपालिका र बैंकको सहकार्यमा निम्न बर्गको पहुँचसम्म बैंक पुग्नु पर्ने बताए ।
यता शाखाका प्रमुख अर्जुन अर्यालले बैंकले कृषि, पशुपालन , ब्यापार घरेलु तथा साना उधोग , महिला उधमी संगै युवाहरुलाई स्वदेशमै ब्यापार र ब्यबसायमा प्राथमिकताका साथ लगानी गर्ने दाबी गरे । अब गाउँका बस्ती बस्ती सम्म बैंकको पहुँच पुग्ने गरी र स्थानीयले अनुभुति गर्ने गरी बैंकले काम गर्ने बताए ।
पुर्तिघाटमा २०५६ सालमा द्धन्दका कारण बिस्थापित भएको राष्ट्रिय बाणिज्य पुन गएपछि सरकारी काम काजका लागि सदरमुकाम तम्घासमान आउनु पर्ने बाध्यताको अन्त्य भएको भन्दै कालीगण्डकी गाउँपालिकाका स्थानीयहरुले खुसी ब्याक्त गरेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D