gulminews logo
बिहीबार, २०७९ जेष्ठ १२

१६ दिनपछि मृत भेटिए गुल्मीका युवा, निउरो टिप्न जानेले देखे शव

टोपलाल अर्याल
गुल्मी, भदौ १४ । गुल्मीका एक युवा १६ दिनपछि मृत फेला परेका छन् ।

मालिका गाउँपालिका– ७ घमिर दीर्घका ३१ वर्षका लेखनाथ पन्थी मृत अवस्था फेला परेका हुन्। उनी भदौ २८ गतेदेखि परिवारको सम्पर्कबाहिर थिए। बुधबार पोख्रेलको शव घरनजिक जंगलमा सडेको अवस्थामा फेला परेको थियो। स्थानीयले निउरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए।

पोख्रेल शारीरिक र मानसिक रूपमा अशक्त रहेको प्रहरीले जनाएको छ । घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी बताए।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D