जिल्ला समाचार

१२ हजार जनाले हेरे एकै दिन गुल्मी महोत्सव

शिवलाल सुवेदी
गुल्मी, २३ चैत्र । “गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास” भन्ने नारासहित गुल्मीको सदरमुकाम तम्घासमा शनिवारदेखि तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला-२०७४ को आठौ दिन १२ हजार बढी दर्शकहरुले मेलाको अवलोकन गरेका छन ।

मेला मुल आयोजक समिती तथा सचिवालय उपसमिती सयोजक तारा प्रसाद भुसालका अनुसार महोत्सवको आठौ दिन १२ हजार बढी दर्शकहरुले मेलाको अवलोकन गरेका हुन । अहिलेसम्म सवैभन्दा बढी दर्शकहरुको उपस्थिती शुक्रवार नै भएको अयोजकले जनाएको छ । महोत्सवमा प्रथम स्थानीय तह दोहोरी गित प्रतियोगिता सञ्चालन भैरहेकाले पनि दर्शकहरुको चाप दिनप्रतिदिन बढदै गएको हो । दोहोरी गित प्रतियोगिता अन्तरर्गत शुक्रवार रेसुङ्गा नगरपालिका र गुल्मी दरवार गाउँपालिका विच प्रतिस्पर्धा भएको थियो ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा विभिन्न सघं सस्थाहरुको सहयोगमा तम्घासको चिदीचौरमा सञ्चालन भएको महोत्सवमा गुल्मीमा जिल्लामा लुकेर रहेका कला, कौशल, सीप र संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्ने, स्थानीय कृषि तथा साना कुटिर उद्योगहरुका उत्पादनहरुको बजारीकरण गर्ने र ऐतिहासिक, पौराणीक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवर्धन र प्रचार—प्रसार गर्ने उद्देश्यले वाणिञ्य सघंले महोत्सवको आयोजना गरेको हो । महोत्सवको चैत्र १५ गते परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।

महोत्सवलाई लक्षित गरि सदरमुकाम तम्घास वजार क्षेत्रलाई दुलहीझैँ सिँगारिएको छ । २५ गतेसम्म सञ्चालन हुने महोत्सवस्थल विवाह घर जस्तै रङ्गीचङ्गी भएको छ । महोत्सवको मुख्यस्थल महेन्द्र माध्यमिक बिद्यालयमा स्टेज र चिदीचौरमा विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहेको छ । आन्तरिक र बाह्य पर्यटकहरु माझ गुल्मीलाई गन्तव्य स्थलको रुपमा परिचय गराउने र कृषि पर्यटनको व्यवसायिकरण एवं उद्यमशिलताको माध्यबाट गुल्मीको समग्र आर्थिक सामाजिक विकास गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सवको आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने विभिन्न झाँकी, स्थानीय बाजागाजा तथा लोकनृत्य, स्थानीय उत्पादनवाट निमार्ण भएका वस्तु, लोपोन्मुख ढिकी जातो, कोल,कृषिजन्य पदार्थको प्रदर्शनी, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, हस्तकला प्रदर्शनी, बालउद्यान राखिएका छन । मेलामा फलफूल, माछा, सुन्तला, मह, घ्यू, डेरीवाट उत्पादित बस्तुहरु, घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सव २६ गतेसम्म चल्ने छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D