जिल्ला समाचार

होटल व्यवसायी मञ्च गुल्मीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

गुल्मी, माघ १९ । होटल व्यवसायी मञ्च गुल्मीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सदरमुकाम तम्घासमा भएको साधारण सभामा होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलको अध्यक्षता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले होटल व्यवसायीहरुलाई आवश्यकताअनुसारका तालिम प्रदा न गर्ने बताउनुभयो। नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी लक्ष्यित कार्यक्रमका लागि बजेटको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो।

साधारण सभालाई होटल व्यवसायी महासंघका केन्द्रिय समितिका सह–कोषाध्यक्ष मोदनाथ बेल्वासे, केन्द्रिय सदस्य लाल बहादुर के.सी, केन्द्रिय सल्लाहाकार प्रेम बन्जाडे, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी लगायतले सम्बोधन गर्नुभएको थियो।

त्यस अवशरमा होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष कँडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मञ्चको स्थापना कालदेखि हालसम्म पर्यटन क्षेत्रका संघसंस्थासँग समन्वयमा विपद्मा परेकाहरुका लागि सहयोग प्रदान गर्दे आईरहेको बताउनुभयो।

उहाँले बाढी पीडित, भूकम्प पीडित, आगलागी पीडित, खेलकुद जस्ता जनसरोकारका क्षेत्रमा सहयोग, आन्तरिक अनुगमन तालिम, गोष्ठी सञ्चालन गर्दै आईरहेको बताउनुभयो।

यस्तै होटल व्यवसायी मञ्चका कोषाध्यक्ष टिकाराम भण्डारीले आ.व.२०७५/०७६ रु १६ लाख ३७ हजार ९ सय १० रुपैँया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले २०७६ श्रावण १ देखी माघ १५ गतेसम्मको रु ९ लाख ३१ हजार ९१ रुपैँया बराबरको आयव्यय विवरण समेत प्रस्तुत गर्नुभयो ।

भण्डारीले संस्था सञ्चालन गर्ने ठुलो सम्पत्ति भनेकै आर्थिक अनुशासन भएको बताउँदै संस्थाको आर्थिक कारोबारलाई नियमित लेखापरिक्षण गरी चुस्त दुरुस्त पारेको बताउनुभयो। होटल व्यवसायी मञ्च गुल्मीका उपाध्यक्ष विष्णु प्रसाद ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव लालमणि आर्चायले गर्नुभएको थियो।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker