gulminews logo
शनिबार, २०७९ जेष्ठ १४

होटल व्यवसायी मञ्च गुल्मीले होटल व्यवसायीलाई प्रहरीले धरपकड गरेको भन्दै ध्यानाकर्षण

मनु सुनार
गुल्मी, जेठ २२। होटल व्यवसायी मञ्च गुल्मीले होटल व्यवसायीलाई प्रहरीले धरपकड गरेको भन्दै ध्यानाकर्षण गराएको छ । होटल व्यवसाय सञ्चालन नभएको समयमा पनि केही खाजाघरहरुलाई व्यवसाय सञ्चालन गरेको भन्दै प्रहरीद्धारा धरपकड गरेको भन्दै गम्भिर ध्यानकर्षण जनाएको हो ।

सदरमुकाम तम्घासमा केही रेष्टुरेष्ट व्यवासायीहरुलाई पसल सञ्चालन नभएको अवस्थामा पनि सञ्चालन गरेको भन्दै व्यवसायी माथि गरिएको धरपकडप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेलले बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गरी गरिएको लकडाउनलाई होटल व्यवसायीहरुले पुर्ण रुपमा पालना गरेकोले गलत सुचनाको भ्रममा नपर्न समेत सम्बन्धित निकायलाई अध्यक्ष कंडेलले आग्रह गरे ।

विगत केहि समयदेखि बैङ्क तथा वित्तिय संस्थाहरु सञ्चालन भएसँगै त्यस समयमा पानी, खाजा तथा खानाको व्यवस्था गर्नुपर्ने आवश्यक देखिएको उनले बताए । सोही आवश्यकतालाई ध्यानमा राख्दै सुरक्षा, सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् ।

‘अहिले पेन्सन क्याम्प पनि सञ्चालन भएको छ । वित्तिय संस्था सञ्चालन हुँदा गाउँबाट सदरमुकाममा सेवाग्राही आउँदा भिडभाड हुने देखिन्छ ।’ उनले भने ‘उनीहरु सामान्य खाजा र पानी समेत नखाई फर्किनु पर्ने अवस्था छ । उनीहरुलाई तातो पानी र खाजा उपलब्ध गराउनु व्यवसायीको धर्म पनि हो ।

यस समयमा उनीहरुको सहजताका लागि चिया पसल, साना खाजाघर एव्म होटलहरु सामाजिक दुरी कायम गरी स्वास्थ्य सजगता अपनाई सञ्चालनका लागि सहयोग गर्न जिल्ला प्रशासान कार्यालयको ध्यानाकर्षण गराईएको छ ।

अध्यक्ष कंडेलले बिहिबार नै सोही बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई होटल व्यवसाय सञ्चालनका लागि अनुमति दिन निवेदन दिएका छन् । सरकारले कर बुझाउनका लागि तोकता गरेको र लकडाउनको समयमा व्यवसाय सञ्चालन नहँुदा आफुहरु मर्कामा परेको बताए । यसअघि होटल व्यवसायी मञ्च गुल्मीले होटल व्यवसायीहरुको लागि बिशेष राहत प्याकेजका कार्यक्रम ल्याउन समेत माग गरेको थियो ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D