जिल्ला समाचार

होटल व्यवसायी मञ्चको अध्यक्षमा पुन: कँडेल सर्वसम्मत

रमेश विश्वकर्मा
गुल्मी, फागुन १८ । होटल व्यवसायी मञ्च गुल्मीको दशौं वार्षिक सधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनले आगामी तीन बर्षको लागि भेषराज कँडेललाई अध्यक्षको रुपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षद्वय विष्णुप्रसाद ज्ञवाली र जँगबहादुर कुँवर, सचिव लालमणी आचार्य, सह–सचिव मधु महर्जन, कोषाध्यक्ष टीका भण्डारी रहेका छन् । अधिवेशनले सदस्यहरुमा मैया कार्की, कृष्ण श्रेष्ठ, पार्वती गौचन, टेमलाल खनाल, महेन्द्र प्रसाद श्रेष्ठ, झविन्द्र भट्टराई र खुमानन्द ज्ञवालीलाई सर्वसहमत चयन गरेको छ ।

अधिवेशन कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गरेका थिए । उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले होटल व्यवसायी अत्यन्तै क्रियाशिल सेवामूलक, महत्वपूर्ण व्यवसायी र राम्रो अवसर भएको क्षेत्र बताएका छन ।

होटल व्यवसायी सरकारको अर्थक्षेत्रको महत्वपूर्ण भाग भएको भन्दै प्रमुख जिल्ला पौडेलले भने–‘सरकारले उद्घोष गरेका तिन खम्बे नीति सरकारी क्षेत्र, नीजि क्षेत्र र सहकारी क्षेत्र हो ती मध्ये नीजि क्षेत्र भित्रको उर्जाशिल क्षेत्र होटल व्यवसायी क्षेत्र हो ।’ होटलले दिने सेवा भनेको २४ घण्टा दिईने सेवा हो, त्यसकारण होटल व्यवसायीको अत्यन्तै ठुलो अवसर छ, त्यो अवसरलाई सहि सदुपयोग गर्न आग्रह गर्दै गुणस्तरियता र सरसफाईमा ध्यान दिन अनुरोध गरे ।

आफ्नो व्यवसायीमा जतिसक्दो स्तरयूक्त सेवा जसले दिन सक्नु हुन्छ, त्यत्ती नै व्यवसायी फस्टिन सक्छ उनले भने–‘होटल व्यवसायी सेवामूलक भएकाले अरु क्षेत्रमा भन्दा यो क्षेत्रमा गर्वगर्ने ठाउँ हो ।’ मान्छेलाई चित्त बुझाएर आफ्नो सेवा प्रवाह गर्न पाईने, त्यसमा निश्चित मूल्य लिन पाउने व्यवस्था भएकोले सबैले तत्परता देखाएमा, व्यवसायमा कौशलता प्रदान गरेमा, ईमानदारीता देखाउन सकेमा पेशागत प्रवद्र्धन गर्न सकेमा भविष्य अत्यन्तै उज्ज्वल हुने बताए ।

जिल्लामा भएका जति पनि सामाजिक अपराध, विकृति, विसङ्गती छन त्यसको मुख्यकारण मदिरा भएको बताउँदै मदिराको व्यवस्थापनलाई अत्यन्तै कुशल तरिकाले व्यवस्थापन गर्न अनुरोध गर्दै होटल व्यवसायीहरुलाई होटलमा लगबुक नभएको भए अनिवार्य रुपमा लगबुकको व्यवस्था गरि लगबुक भर्न समेत आग्रह गरे ।

कार्यक्रममा मञ्चका अध्यक्ष भेषराज कँडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले अहिलेसम्म गरेको सम्पूर्ण कामको बारेमा जानकारी गराएका थिए ।

मञ्चले स्थापनाकालदेखि हालसम्म पर्यटन क्षेत्रका संघसंस्थासँगथ समन्वय, बाढी पीडित, भूकम्प पीडित आगलागी पीडित खेलकुद जस्ता जनसरोकारका क्षेत्रमा सहयोग, आन्तरिक अनुगमन तालिम, गोष्ठी सञ्चालन गर्दै आईरहेको अध्यक्ष कँडेलले बताए । सांगठनिक संरचना, अवसर तथा उपलब्धी, चुनौती, समाधान, आगामी कार्ययोजना जस्ता विभिन्न कुराहरुको बारेमा जानकारी गराएका थिए ।

गुल्मी जिल्लाको पहिचान साथ सेवाको माध्यमबाट मुनाफा आर्जन गरी जीविकापार्जन गर्ने उद्ेश्यका साथ होटल व्यवसायी अँगाली स–साना पूँजीबाट सञ्चालित होटल व्यवसायीहरुको हकहितमा आन्तरिक स्रोत साधनलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय विकास प्रवद्र्धनको लागि ग्राहकको सेवा, सेवाका लागि व्यवसाय सबैका लागि मञ्च भन्ने मूल नाराका साथ २०५९ सालमा होटल व्यवसायी मञ्च स्थापना गरिएको बताईएको छ ।

कोषाध्यक्ष जँगबहादुर कुँवरले कोषाध्यक्षको प्रतिवदेन प्रस्तुत गरेका थिए । उनले मञ्च स्थापना भएदेखि अहिलेसम्मको सम्पूर्ण आर्थिक कुराहरुको बारेमा जानकारी गराएका थिए । उनले २०४८ सालमा तदर्थ समिति र २०५९ सालमा विधिवत दार्ता भएको उक्त संस्थाको आर्थिक वर्ष २०७४÷०७५ को लेखापरिक्षणको प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

लेखापरिक्षणमा १२ लाख १६ हजार २ सय ८७ बराबरको आय–व्यय प्रस्तुत गरिएको थियो । त्यस्तै २०७५ साल श्रावण १ देखि फागुन १० गतेसम्मको यथार्थ आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो । जसमा १३ लाख १७ हजार ३ सय ४७ बराबरको आय–व्यय देखाईएको थियो ।

कार्यक्रममा विभिन्न जिल्लाका होटल व्यवसायी मञ्चका अध्यक्ष तथा प्रतिनिधि, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, होटल व्यवसायीहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D