जिल्ला समाचार

होटल व्यवसायीद्वारा राहत प्याकेज माग सहित ध्यानाकर्षण

मनु सुनार
गुल्मी, बैशाख २९ । होटल व्यवसायी मञ्च गुल्मीले होटल व्यवसायलाई राहतका प्याकेज घोषणाका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय गुल्मीलाई आग्रह गरेको छ । आइतबार होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।यस अवस्थामा होटल व्यवसायीले घरभाडा विभिन्न निकायमा तिर्नुपर्ने कर, पानी, बिजुली लगायतका खर्च धान्न नसकिने धेरै व्यवसायीको गुनाँसो आएको भन्दै सम्बन्धित निकायहरुसँग छलफल तथा आवश्यक समन्व्य गराईदिन जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र मार्फत आग्रह गरेका हुन् ।

ज्ञापनपज्ञपत्र बुझाउँदै अध्यक्ष कंडेलले व्यवसायीहरुबाट लकडाउन लम्बिदै जाँदा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु अभाव हुन थालेको भन्दै हालसम्म कामदारहरुलाई पारिश्रमिक दिदैँ आएकोमा अब उप्रान्त नियमित रुपमा दिन नसक्ने अवस्था सिर्जना भएको अवगत गराएका थिए । विगत चार महिना देखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै गरिएको लकडाउनले जिल्लामा रहेका होटल व्यवसायहरु पुर्ण रुपमा लकडाउन रहेको उल्लेख गर्दै महामारीका कारण आगामी एक वर्षसम्म व्यवसायमा नराम्रो असर पर्ने समेत अध्यक्ष कंडेलले बताए ।

रेसुङ्गा नगरपालिकालाई ध्यानाकर्षण

होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले जिल्लामा सञ्चालित होटल व्यवसायहरु छिट्टै विस्थापित हुने अवस्था आउन सक्ने भएको यसप्रति आवश्यक पहलका लागि मञ्चले ध्यानाकर्षण गराएको हो ।

सोमबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष कंडेलले कोभिड–१९ लाई मध्यनजर गर्दै गरिएको लकडाउनले होटल व्यवसायीहरुबाट खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु अभाव हुन थालेको गुनाँसो आइरहेको अवगत गराएका थिए । विपतको यस समयमा व्यावसायीहरुलाई केही हदसम्म जोगाइ राख्न घरभाडा छुट, नगरपालिकामा तिर्नुपर्ने व्यवसायीक कर छुट गराउन मेयर भुसाललाई आग्रह समेत गरेका थिए ।

त्यस अवशरमा मेयर भुसालले होटल व्यावसायले गरेको आग्रहप्रति आफ्नो ध्यानकर्षण भएको बताए । लकडाउनले होटल व्यावसायलाई पुराएको असरका बिषयमा आफुपनि जानकार रहेको उल्लेख गर्दै मेयर भुसालले नगरपालिकामा रहेको कर परामर्श समितिसँग सल्लाह गरेर कार्यपालिका बैठकमा लैजाउने आश्वासन समेत दिए । उनले घरभाडा छुटका लागि घरभेटीहरुसँग प्रचारगरी आवश्यक छलफल गर्ने बताए ।

चैत्र महिनाको घरभाडा पुर्ण छुटका लागि अपिल

होटल व्यवसायी मञ्च गुल्मीले चैत्र महिनाको घरभाडा पुर्ण छुटका लागि अपिल गरेको छ । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले आज एक अपिल पत्र जारी गर्दै लकडाउनको अवधिको समयमा ५० प्रतिशत छुट गरिदिन अपिल गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यजनर गर्दै गरिएको लकडाउनले सबैभन्दा ठुलो क्षति होटल व्यवसायमा परेको उल्लेख गर्दै आफु पनि बाचौँ, व्यवसाय पनि बचाउँ भन्ने उद्देश्यले धेरै जिललाका घरधनीले घरभाडा छुट गरेको जानकारी आएको बताए ।

कोभिड–१९ को बिषय परिस्थितिका कारण कर्मचारी तलब, घरभाडा, विभिन्न निकायमा बुझाउनुपर्ने कर, बिजुली, पानी लगायतका महसुल बुझाउन असमर्थ भएको धेरै व्यावसायीहरुले गुनाँसो गरेका समेत उल्लेख गर्दै यस्तो आग्रह गरेको बताए । अध्यक्ष कंडेलले विपत्तिको यस घडीमा सम्पूर्ण होटल व्यवसायीहरुलाई धैर्य रही लकडाउनको पालना गर्न आग्रह समेत गरे । उनले खाद्यान्न, विरामीको औषधी उपचार तथा अत्यावश्यक वस्तुहरुको अभाव भएमा सम्बन्धित पालिका, वडा कार्यालय तथा होटल व्यवसायी मञ्चका पदाधिकारीहरुलाई सम्पर्क गर्न समेत आग्रह गरे ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker