जिल्ला समाचार

होटल ब्यबसायी मञ्च मुसिकोटको अध्यक्षमा फुलप्रसाद, सचिबमा गोपालमणी

गुल्मी, २९ जेठ । होटल ब्यबसायी मञ्च मुसिकोटको नया नेतृत्व चयन गरीएको छ । जसको अध्यक्षमा फुल प्रसाद सापकोटा, उपाध्यक्षमा जीवन खरेल, सचिबमा गोपालमणी सापकोटा, कोषाध्यक्षमा रामचन्द्र सापकोटा लगायत अन्य सदस्यहरु रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा बम बहादुर खत्री, बिक्रम श्रेष्ठ, बसन्त पन्थ रहनुभएको छ ।

होटल ब्यबसायी मञ्च मुसिकोट तदर्थ समितिको आयोजनामा भएको अधिवेशन तथा शाखा कार्यलय उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष फुल प्रसाद सापकोटाको अध्यक्षता रहेको थियो भने मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

होटल ब्यबसायी मञ्चका केन्द्रिय सहसचिब मुकुन्दहरी गौतम, होटल ब्यबसायी मञ्ज गुल्मीका अध्यक्ष भेषराज कंडेल, कोषाध्यक्ष जँग बहादुर कुवँर लगायतले सो कार्यक्रममा बोलेका थिए ।

कार्यक्रमलाइ मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए । उद्घाटन पछि बोल्दै नगरप्रमुख सापकोटाले हरेक ब्यक्तिले आफ्नो घरमा हुने फोहोर ब्यबस्थापन गर्ने हो भने डम्पीङ् साइडको आवश्यकता नपर्ने बताए् ।

होटल ब्यबसायी मञ्च मुसिकोट नगर कार्य तदर्थ समितिको अधिवेशनलाइ उद्घाटन पछि सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख सोमनाथ सापकोटाले होटल ब्यबसायीहरुलाइ सरसफाइमा बिशेष ध्यान दिन सुझाब दिए । होटल ब्यबसायले शहर बजारको पहिचान र परिचय झल्काउने भन्दै उनले होटलहरुले कुहिने, नकुहिने बस्तुहरु छुट्टाछुट्टै संकलन गरी ब्यबस्थीत गर्न सुझाब दिए ।

‘मुसिकोट नगरपालिकाले डम्पिङ साइट बनाउँदैन’ उनले भने ‘हामी फोहोर प्रशोधन केन्द्र निर्माण गर्न चाहान्छौ, जहाँ कुहिने फोहोरलाइ ब्यबस्थित गरीन्छ, नकुहीने बस्तुलाइ नया तरीकाबाट प्रयोग गर्न सकिन्छ’ ।

उनले ब्यबसाय गर्न चाहनोहरुलाइ सानो लगानीमा बढी फाइदा हुने खालको ब्याबसाय गर्न सुझाब दिदै नगरपालिकाले करको दायरा मात्र बढाउने तर करको दर नबढाउने भएको कारण ढुक्क भएर कर तिर्ने काम गर्न आग्रह समेत गरेका छन् । कार्यक्रमको सञ्चालन सचिब गोपालमणी सापकोटाले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D