जिल्ला समाचार

हेफरसँगको सहकार्यमा धुर्कोट गाउँपालिकाद्वारा २३ वटा बाख्रा वितरण

दिपेन्द्र खत्री
गुल्मी, २२ कात्तिक । गुल्मी जिल्लाकाे घुर्काेट गाउँपालीकाले कृषकहरुकाे लागि बाख्रा वितरण गरेकाे छ । धुर्कोट गाउँपालिकाको ७५ प्रतिशत र हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत लागतमा सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीद्वारा संचालित सामुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजनाले धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडे बर्दवास मखमली महिला उद्यम समुहका २१ जना सदस्यलाई २३ वटा माउ बाख्रा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले हरेक कार्यक्रममा महिलालाई चुलो चौकोमा मात्र सिमीत नभई उद्यमशिलतामा आत्मनिर्भर बनाउन हेफर संगको सहकार्य गरेको बताए । गाउँपालीकाले हेफरसँगको सहकार्यमा ४ करोड रुपैँया भन्दा बढीको कार्यक्रम २ हजार परिवारमा पुराउन लागेको पनि जानकारी दिए ।

बाख्रा उपहार कार्यक्रममा हाडहाडे सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष विष्णु कुमारी काउछाको अध्यक्षता धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलको प्रमुख आतिथ्यता धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेका वडा अध्यक्ष विष्णु श्रीस र वडा सदस्य काशिराम पन्थीको उपस्थिती रहेको थियो । त्यस्तै उपभोक्ता समिती सचिव हरीकला श्रीस,समाजसेवी यम बहादुर कुँवर र कार्यक्रमका प्राविधिक संयोजक नारायण जिसीको आतिथ्यता रहेको कार्यक्रममा मखमली महिला उद्यम समुहकी सह सचिव लक्ष्मी भुषाल पन्थीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन सामुदायिक सहजकर्ता लक्ष्मण सुनारले गर्नुभएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D