जिल्ला समाचार

हिसां न्यूनिकरणका लागि कानुनको कार्यान्वयनमा जोड

हुमाकान्त पोखरेल
गुल्मी, १७ असोज । महिला हिसां न्यूनिकरणका लागि भएका कानुनको कार्यान्वयनमा जोड दिनुपनुपर्ने गुल्मीका सरोकारवालाहरुले बताएका छन् । दलित महिला संघद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक समाज, मानव अधिकार, दलित महिला अधिकारकर्मी लगायतका सरोकारवालाहरुले निर्माण गरिएका कानुनहरुको कडाइका साथ कार्यान्वयन गरेमा पनि महिला हिसांमा कमी आउने धारणा राखे ।

‘कानुनको फितलो कार्यान्वयनको कारण महिला हिसां, बलात्कार, घरेलु हिसां लगायतका घटनाहरुमा बृद्धि भइरहेको छ ।’ मानव अधिकार रक्षक संजालकी अध्यक्ष हिरा कुँवरले भनिन्, ‘कतिपय अवस्थामा प्रहरीले मुद्धा समेत दर्ता गर्न अटेरी गर्दा पनि पीडितलाई थप पीडा थपिएको छ ।’ कुँवरले कतिपय घटनाहरु गाउँमै मेलमिलाप गर्ने प्रचलनले पनि दोषि उम्कन पाउने भएकोले जस्तोसुकै दोषिलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखिन् । सुशासन अभियानका प्रतिनिधि विनोद पाण्डेले बलात्कारपछि हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डकै सजाय हुनुपर्ने धारणा राखे । ‘घटना विषेश हेरिकन कानुनको निर्माण गरिनुपर्छ ।’ उनले भने, ‘घटनाको प्रमाण जुटाउने निकाय पनि गहिराईसम्म पुगेर अध्ययन गर्नुपर्छ ।’

रेसुङ्गा नगरपालिका २ की सरिता सुनारले सवारी साधनमा यात्रा गर्दा पनि महिलाहरु असुरक्षित रहेको, समाजमा जातिय छुवाछुत कायम रहेको जस्ता कारणले सिङ्गो समाज पछाडी परेको धारणा राखिन् । दलित महिला संघ गुल्मीकी अध्यक्ष कमला बरालले अन्य देशमा भन्दा नेपालमा राम्रो कानुन भएपनि कार्यान्वयन हुन नसक्दा महिलाहरु हिसां सहन बाध्य भएको बताइन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीले महिला हिसां न्यूनिकरणका लागि नगरपालिकाले आवश्यक बजेट बिनियोजन गर्ने बताइन् ।

समग्र महिलाहरुको प्रगतिमा आफु खुसि हुने भन्दै उनले महिलाहरुका लागि नगरपालिकाले जस्तो योजना ल्याउन पनि तयार रहेको बताइन् । जिल्ला समन्वय समिति सदस्य उमा चुदाँराले जातिय छुवाछुत, महिला तथा घरेलु हिसां लगायतका समाजमा रहेका समस्याहरु समाधान गर्न एक्लो प्रयासले सम्भव नहुने भएकोले सामुहिक सहकार्यका लागि आग्रह गरिन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D