मुख्य हेडलाईन

हामी टुँडिखेलको धनीपुर्जा हेर्न चहान्छौँ सरकारको नाममा छ कि अरु कसैको?: कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा

सन्जु काउछा
जेठ २० । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले टुँडिखेलको जग्गा कस्को नाममा छ नेपाली कांग्रेसले जवाफ चाहेको बताएका छन् । नेपाली काङ्ग्रेसले संचालन गरेको रास्ट्रीय जागरण अभियान अन्तरगत आज गुल्मीमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आयोजना गरेको बृहत आमसभालाइ सम्बोधन शर्माले सो कुरा बताएका हुन् ।

शर्माले नेकपा नेता बिष्णु पौडेलको पछिल्लो बिवादित जग्गा काण्ड प्रती ब्यांग्य गर्दै भने, “बुटवलबाट चुनाव जितेका कम्युनिष्ट पार्टीका एकजना नेताले बालुवाटारको एक टुक्रा जग्गा आफ्नो नाममा पारेको हामीले सुन्यौँ ।” शर्माले नेपालका कम्युनिष्ट नेताहरुको पार्टिको दर्शन वा सिद्दान्त बिपरित निजी सम्पत्ती प्रती मोह बढ्दै गरेको आरोप लगाए । अहिले प्रचन्ड र बाबुरामहरु ढिकुर पोखरी र गोर्खा तिर निजी सम्पत्ती खोज्दै हिँडेको समेत उनले बताए ।

पछील्लो चरण सरकारी जग्गाहरु निजी ब्याक्तीहरुका नाममा सारीएको समाचारहरु आइरहँदा तम्घासमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आयोजना गरेको आमसभालाइ सम्बोधन गर्दै शर्माले टुँडीखेलको जग्गाको स्वामित्वको बारेमा पनि प्रश्न उठाएका छन् । “टुँडिखेलको धनीपुर्जा हामी हेर्न चहान्छौँ, सरकारको नममा छ कि छैन ?”, उनले भने, “कतै टुँडिखेलको धनीपुर्जा पनि अरुको नाममा पो गयो कि ?”

त्यस्तै प्रवक्ता शर्माले प्रेस स्वतन्त्रता कोहि ब्याक्ती वा दलको कृपाले प्राप्त नभएको बताए । पत्रकारको कलम बन्द भए सरकार निरंकुश र अधिनायकवाद हाबी हुने भएकाले मिडिया काउन्सिल बिध्येक ल्याएर पत्रकारको टाउकोमा तरवार नझुन्ड्याउन केपि वलि सरकारलाई आग्रह गरे । उनले सरकारले यो निर्णय नसच्याए प्रेस स्वतन्त्रता र देशका कैयौं परिवर्तनका निम्ति बलिदानी दिने पत्रकारको अपमान हुने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D