जिल्ला समाचार

हाडहाडे पूर्ण सरसफाईयुक्त टोल घोषणा, घरघरमै खानेपानीको धारा

हुमाकान्त पोखरेल

१६ मंसिर, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे साविकको वडा नम्बर १ लाई ‘पूर्ण सरसफाई युक्त टोल’ घोषणा गरिएको छ । उक्त टोलमा रहेका सबै १२३ घरपरिवारले सरसफाईका सूचक पुरा गरेकोले सरसफाईयुक्त टोल घोषणा गरिएको हो । घोस बर्दबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजना तथा धुर्कोट गाउँपालिका, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण गुल्मीको सहयोगमा आयोजित एक कार्यक्रमका विच उक्त टोललाई पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो । त्यस्तै धुर्कोट गाउँपालिका र वासको संयुक्त सहयोगमा सम्पन्न हुन लागेको ‘घोस बर्दबास खानेपानी तथा सरसफाई योजना’ को दोस्रो सार्वजनिक परिक्षण पनि गरिएको छ । उपभोक्ता समितिका कोषाध्यक्ष रेशम पाण्डेले एक करोड ३१ लाख ९५ हजार ७३४ मा सम्पन्न हुन लागेको खानेपानी आयोजनाको हालसम्मको प्रतिवेदन प्रतिवेन प्रस्तुत गरेका थिए । जसमा ५३ लाख २५ हजार ६५० भुक्तान भईसकेको र ७८ लाख ७० हजार ८४ रुपैँया भुक्तान हुन बाँकि रहेको उनले जानकारी दिए । धुर्कोट ३ हाडहाडेमा नेपाल सरकार र फिनल्यान्ड सरकारको समान ४० लाख ८२ हजार ३२५ रुपैँया ९२ पैसा, धुर्कोट गाउँपालिकाको १३ लाख १९ हजार ५७३, उपभोक्ताहरुको नगद एक लाख ३१ हजार ९५७ उपभोक्ताको श्रमदान ३५ लाख ७९ हजार ५५१ मा खानेपानी योजना सम्पन्न हुन लागेको वासका फिल्ड संयोजक लालमणी भण्डारीले जानकारी दिए ।

पूर्ण सरसफाई घोषण गर्ने हाडहाडे पहिलो

धुर्कोट गाउँपालिकामा पूर्ण सरसफाई घोषण गर्ने वडा नम्बर ३ हाडहाडे पहिलो वडा बनेको छ । खानेपानी योजना सम्पन्न हुन लागेसँगै हाडहाडेको साविकको वडा न. १ लाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको हो । उक्त टोलले पूर्ण सरसफाईका सबै सूचकहरु पुरा गरेको वासका गाउँपालिका संयोजक छविलाल विश्वकर्माले जानकारी दिए । सक्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको गठन, चर्पिको नियमित प्रयोग तथा उचित ब्यवस्थापन र सरसफाई, ब्यक्तिगत सरसफाई, घरायसी सरसफाई, सुरक्षित पानीको प्रयोग तथा शुद्धिकरण र वातावरणिय सरसफाई पूर्ण सरसफाईका सूचकमध्ये पर्ने पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मुसिकोट नगरपालिकाका सास सहजकर्ता राजन घिमिरेले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुपाल पोखरेलले गाउँपालिकाले आगामी पाचँ बर्षमा एक घर÷एक धाराको लक्ष्य लिएको भन्दै वासको यो कार्यप्रति आफू आभारी रहेको बताएका थिए । त्यसका साथै उनले गाउँपालिकाबासिलाई खानेपानीको सहज पहुँचका लागि गाउँपालिकाले तिब्र रुपमा काम गरिरहेको समेत जानकारी गराए ।

घरघरमै खानेपानीेको धारा

गुल्मीको कालिगण्डगी १ हर्मिचौरमा घरघरमै खानेपानीको धारा जडान गरिएको छ । पश्चिम नेपाल ग्रामिण तथा खानेपानी सरसफाई परियोजना (वास) द्धारा संचालित खानेपानी योजनामार्फत धारा जडान गरिएको वास इकाईका संयोजक शंकर नेपालीले जानकारी दिए । आयोजनाको कुल लागत १४ लाख ८१ हजार रहेको छ । जसमध्ये चार लाख छ हजार २५४ स्थानीय उपभोक्ताको जनश्रमदान, गाउँपालिकाको एक लाख ४५ हजार तथा नेपाल र फिनल्यान्ड सरकारको समान चार लाख ४ हजार लगानी रहेको छ । घरमै पानी आएसँगै घण्टौ हिडेर पानी ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले बताएका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker