स्वास्थ्य सचेतना फैलाउन मालिकाभरी सडक नाटक

गंगा खड्का
फागुन ८, गुल्मी । स्वास्थ्य सचेतना फैलाउनका लागि मालिका गाउँपालिकाका सवै बस्ती बस्तीमा सडक नाटक प्रदर्शन गरिएको छ । नागरीकहरुलाई समुदाय स्तरमै पुगेर विभिन्न स्वास्थ्य सम्वन्धी सामाजिक जागरण फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानकारी दिनुभयो ।

सोमवारदेखि देखि प्रदर्शन गरिएको सडक नाटकमा सुरक्षित प्रसतुी, लागुपदार्थ दुव्र्यसनी, धुम्रपान, मद्यपान लगाएत विषयमा जानकारी गराइएको स्वास्थ्य संयोजक बसन्त भुषालले जानकारी दिनुभयो ।

सिमलटारीको फूलवारीबाट शुरु भएको कार्यक्रम घमिर, बरारुख, भानपोखरा, अर्जे, रातीपोखरी, पोखराबारी, छाप, हिले, ठूलीचौर, अर्खावांग, जुकेना, म्याल, दर्लिंग, नेटा लगाएत ठाउँमा सडक नाटक प्रदर्शन भईरहेको छ । कार्यक्रम संचालन पछि गाउँबासीहरुको स्वास्थ्य स्थितीमा सुधार ल्याउन कार्यक्रमले महत्वपुर्ण टेवा पुगेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ